३० असार २०८३, मंगलबार

प्रतिनिधि सभामा बुधवार दलका नेताहरूले सम्बोधन गर्ने

फागुन २६, २०७७
प्रतिनिधि सभामा बुधवार दलका नेताहरूले सम्बोधन गर्ने
फाइल फोटो

पुनःस्थापित प्रतिनिधि सभामा बुधवार दलका नेताहरूले सम्बोधन गर्ने तयारी गरेका छन् ।

दलीय आधारमा नेताहरूलाई बोल्नका लागि समय दिने तयारी रहेको संसद् सचिवालय स्रोतले बतायो । 

अधिवेशन आरम्भको अवसरमा दलीय आधारमा बोल्न दिने यसअघिको परम्परा छ । बुधवार एमालेका तर्फबाट प्रदीप ज्ञवाली बोल्ने तयारी रहेपनि अन्य दलले भने बोल्ने नेताको नाम दिएका छैनन् । 

सहमति जुट्न नसक्दा आइतवारको बैठकमा दलका नेताहरूलाई बोल्न दिने कार्यक्रम प्रभावित बनेको थियो ।

आइतवार सभामुखसँग समय लिएर नेकपाकै हैसियतबाट भीम रावल र कांग्रेसकी पुष्पा भुसाल बोलेका थिए ।

बुधवारको बैठकमा भने नेकपा एमाले र माओवादी छुट्टाछुट्टै बस्ने तयारी गरेका छन् । 

निर्वाचन आयोगबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको पत्र मंगलवार आएपछि आजदेखि माओवादी सत्तापक्षमै तर एमालेसँग अलग्गिएर बस्न लागेको हो ।   

salt training

कमेन्ट गर्नुहोस्