२२ असार २०८३, सोमबार

बालुवाटारमा प्रचण्ड र देउवाको 'विशेष' छलफल, के भयो कुराकानी ?

कात्तिक २०, २०७४
बालुवाटारमा प्रचण्ड र देउवाको 'विशेष' छलफल, के भयो कुराकानी ?

काठमाडौं, ९ जेठ– मंगलबार (आज) विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने र नयाँ सरकारको गठनका विषयमा दुवै नेताबीच छलफल भएको जनाइएको छ । यद्यपी प्रधानमन्त्री प्रचण्डले कहिले राजीनामा दिने भन्ने विषयमा केही खुलाइएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कामचलाउ सरकारले ल्याएको बजेट मान्य नहुने भन्दै विरोध गर्ने संभावना बढेपछि प्रधानमन्त्रीले बजेट ल्याएपछि मात्रै राजीनामा दिने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयका एक अधिकारीले बताए ।

प्रधानमन्त्रीले अहिले नै आकस्मिक मन्त्रिपरिषद बैठक पनि डाकेका छन् । बैठकमा आगामी आर्थिक वर्षको बजेट, दोस्रो चरणको निर्वाचन, प्रधानमन्त्रीको राजीनामा लगायत विषयमा छलफल हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्