चैत २१, २०८०
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
बुटवलकी ५१ वर्षीया गंगा श्रीष ६ कक्षामा पढ्छिन् । ढल्किँदो उमेरकी गंगा बुटवलको साधना महिला विद्यालयकी लगनशील छात्रा हुन् ।
दीपनगरकी उनी ३ वर्षअघि साधना विद्यालयमा भर्ना भएकी हुन् । बाल्यकालमा पढ्न नपाएकी उनी अहिले आएर शिक्षाको महत्त्व बुझेर अक्षरहरू कोर्न थालेकी छन् ।
३ कक्षामा भर्ना भएकी उनी राम्रो अंक ल्याएर वार्षिक परीक्षा उत्तीर्ण हुँदै ६ कक्षामा पुगेकी छन् । उनी भन्छिन्, ‘पढाइ विना जीवन साँच्चै अधुरो हुने रहेछ र पढ्न थालेकी हुँ ।’
बुटवलकै गंगा न्यौपानेका छोराछोरीको बिहे भइसक्यो । उमेरले ५० वर्षकी उनी साधना महिला विद्यालयमा ३ कक्षामा पढ्छिन् । सानोमा पढ्न नपाएकी उनी अहिले आएर पढ्ने रहर पूरा गर्दैछिन् ।
उनी भन्छिन्, ‘सानैमा बिहे भयो, पढ्न पाइनँ । अहिले आएर त्यो धोको पूरा गर्दैछु ।’
५२ वर्षकी ओमकुमारी बरम्जा ८ कक्षामा पढ्छिन् । पूर्व माओवादी लडाकु बरम्जाका ३ छोरीको बिहे भइसकेको छ । उनी अहिले लगनशील भएर अपुरो पढाइ पूरा गर्न लागेकी छन् ।
‘अधुरो शिक्षाले केही गर्न नसक्ने भएपछि पढाइमा पुनः जोडिएकी हुँ । अब एसईई पास गरेर देखाउनु छ,’ उनले भनिन् ।
बाल्यकालमा शिक्षाबाट वञ्चित भएका आमाहरू पढ्छन् साधाना महिला विद्यालयमा । जहाँ अनपढ हजुरआमा र आमाहरूले धेरै प्रेरणा लिएका छन् । पाको उमेरमा सिकाइमा हुने कठिनाइबीच आमाहरूले पढाइमा मेहनत गरेका छन् । उपलब्धि पनि राम्रो छ ।
‘शिक्षालाई उमेरले छेक्दैन । अधुरो शिक्षा पूरा गरौं’ भन्ने उद्देश्यका साथ २०६३ सालमा विद्यालय स्थापना भएको हो । विवाहित महिलालाई विद्यालयमा ल्याई औपचारिक रूपमा शिक्षा दिने हिम्मत बोकेर बुटवलमा २७ जना शिक्षाप्रेमीले बुटवल उपमहानगरपालिका–६ मा विद्यालयमा स्थापना गरेका हुन् ।
स्थानीय महिला अगुवा सावित्रा अर्याललाई विद्यालय स्थापनाको बढी जस जान्छ । ६ देखि १० कक्षासम्म गुठी विद्यालयको रूपमा स्थापना भएको विद्यालयमा २०६९ सालमा १ देखि ५ कक्षासम्मका कक्षा शुरू गरिएको थियो । २१ जनाबाट शुरू भएको विद्यालयमा हाल २५० जना आमा विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
विद्यालय शिक्षा लिएका तर विभिन्न कारणले औपचारिक रूपमा शिक्षा पूरा गर्न नसकेकाहरू विद्यालयमा पढ्ने गरेका प्रधानाध्यापक विष्णु गौतम घिमिरेले बताइन् ।
प्रअ गौतम भन्छिन्, ‘सूचना प्रविधिको विकाससँगै पढाइलाई महत्त्व दिएर आमाहरू पढाइमा लागेका छन् ।’ बाल्यकालमा पढ्न नपाएका महिलालाई अध्ययन गराउने उद्देश्यले स्थापना भएको विद्यालयमा ७० वर्षसम्मका महिलाले अध्ययन गर्दै आएका छन् । यसबीच विद्यालयबाट ९७ जना महिलाले एसईई उत्तीर्ण गरेका छन् ।
विद्यालय खोल्न पहल थालेकी सावित्रा अर्याल सानो उमेरमा पढ्न नपाएकाहरूको अधुरो शिक्षा पूरा गर्न विद्यालय खोलेको बताउँछिन् । ‘छोरीलाई पढाउन हुन्न भन्ने समाजमा हामीले आमा पढाउने महत्त्कांक्षी योजना लिएरै विद्यालय सञ्चालनमा ल्याएका हौं,’ अर्यालले निर्धक्क भनिन् ।
विद्यालयको लागि बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष २ लाख रुपैयाँ आर्थिक सहयोग गर्र्दै आएको छ । शिक्षा मन्त्रालयबाट धार्मिक तथा फरक खालका विद्यार्थी शीर्षकमा वार्षिक १२ लाख रुपैयाँ बढी आउने गर्छ । १० कक्षासम्म पढाइ हुने विद्यालयमा १२ शिक्षक र कर्मचारी कार्यरत छन् । जसमध्ये २ जना सरकारी दरबन्दीका हुन् भने बाँकी १० जनालाई आन्तरिक स्रोतबाटै विद्यालयले तलब खुवाउँदै आएको छ ।
‘हामीले जति पनि शिक्षक राखेका छौं, उहाँहरूलाई सरकारी तलब स्केल दिन सकिएको छैन, न्यूनतम दिएरै राखेका छौं,’ विद्यालयकी प्राचार्य विष्णु गौतमले भनिन् । गौतमले आमाहरूलाई पढाइमा गाह्रो नभए पनि बुझाउन समस्या हुने बताइन् । ‘केटाकेटीभन्दा पढाउन त सजिलो हुन्छ । तर बुझ्न ढिलो बुझ्नुुहुन्छ । बुझेपछि फेरि भुल्नुहुन्न,’ उनले भनिन् । गणित र अंग्रेजी बुझाउन झनै समस्या हुुने गौतमको अनुभव छ ।
कुनै समय आर्थिक संकटमा समेत परेको विद्यालयले अहिले बिस्तारै तंग्रने क्रममा छ । १४ धुर जग्गामा रहेको विद्यालयमा भवन थप गर्न आवश्यक जग्गा छैन । भएका भवनमा तला थप गर्ने विद्यालयको योजना छ । १३ कोठा विद्यालय भवन यसै क्षेत्रका सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोषबाट दिएको बजेट, चन्दा दाता, नगरपालिका, तत्कालीन जिल्ला विकास समिति, शिक्षा कार्यालय सबैको पहलमा १ करोड रुपैयाँ बढी खर्च गरेर बनाइएको छ । अहिले पनि विद्यालयमा कक्षा कोठा, स्टाफ कोठा, कम्प्युटर कोठा र हलको आवश्यकता छ ।
‘सानो उमेरका बालबालिकाले छिटो बुझ्छन् । तेजिलो दिमाग पनि हुन्छ तर आमाहरूलाई पढाउँदै बुझाउन बढी समय लाग्छ । बुझेपछि भने झट्टै बिर्सिने समस्या हुँदैन । विद्यालयमा पाका उमेरका विद्यार्थीलाई नियमित गराउन पनि चुनौती छ । भर्ना भएका सबै विद्यालयमा आउँदैनन् । आउने पनि हप्तामा कुनै त १–२ दिन मात्र आउँछन्,’ प्रधानाध्यापक गौतम भन्छिन्, ‘विद्यालय हिँड्ने बेला घरमा पाहुना आए भने पनि उहाँहरू विद्यालय आउनुहुन्न, कतिपय नातिनातिना हेर्नुपर्छ भनेर विद्यालय आउनुहुन्न ।’
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...