×

NIC ASIA

महामारीमा चिनी उद्योगीको मनपरी : प्रतिकिलो १० रूपैयाँ बढाए मूल्य

बैशाख २७, २०७८

Prabhu Bank
NTC
Premier Steels

जेठसम्मलाई पुग्ने चिनी मौज्दात रहेको बताएका चिनी उद्योगीहरूले निषेधाज्ञाका बेलामै मूल्य वृद्धि गरेका छन् । उद्योगीहरूले चैतसम्म उखु क्रसिङ गरेका थिए । तर सर्वसाधारण कोभिडको चपेटामा परिरहेका बेला चिनी उत्पादक संघले चिनीको मूल्य बढाएको छ ।

Muktinath Bank

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ मान्ने हो भने निषेधाज्ञाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उनीहरूले ४ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएका थिए । तर अहिले एकाएक भाउ बढाएको श्रेष्ठको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भाउ बढ्नुको कारण नै छैन । मन्त्रालयमा भएको छलफलमा उद्योगीहरूले ४ महिनासम्मलाई पुग्ने बताएका थिए । तर लकडाउनअगाडि ८५ रुपैयाँमा पाइएको चिनी अहिले ९० देखि ९५ रुपैयाँसम्म पर्छ,’ श्रेष्ठले भने, ‘ठूला उद्योगीले एकाएक भाउ बढाउँदा मन्त्रालय मौन बस्नु भनेको भाउ बढाउन सहयोग गर्नु हो । यसले मन्त्रालयकै इसारामा भाउ बढाएको बुझाउँछ ।’ खुद्रा व्यापारी चन्द्र थापाले पनि लकडाउनअघि प्रतिकिलो ७६/७७ रुपैयाँमा खरिद गरिरहेको चिनीलाई अहिले ८५/८६ रुपैयाँ तिर्नुपरेको बताए । उक्त मूल्यमा गाडी भाडा, लोड/अनलोड गरेर ९० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । ‘संक्रमणको अवस्थामा मूल्य बढेर खुद्रामा प्रतिकिलो ९० रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ । कोभिडका कारण छिमेकी मुलुकबाट चिनी नआएको बहानामा नेपाली उद्योगीले मूल्य बढाए,’ थापाले भने, ‘मूल्य घटाएर बिक्री गर्नुपर्नेमा महामारीलाई कमाउने माध्यम बनाइयो ।’


Advertisment
Nabil box
Kumari

चिनी उद्योगबाट मूल्य बढेपछि कतिपय होलसेलले पनि आफूखुसी मूल्य बढाइरहेको खुद्रा व्यापारीहरू बताउँछन् । नियमक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि मूल्य बढ्नुपर्ने कारण नभएको जनाएको छ । ‘उद्योगीहरूले फ्याक्ट्री मूल्यमा प्रतिकिलो ३ रुपैयाँ बढाएको स्विकारेका छन,’ विभागका महानिर्देशक प्रकाश पौडेलले भने, ‘सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी मौज्दात हुँदा मूल्य बढेन । मौज्दात सकिएपछि नेपाली उत्पादकले मूल्य बढाए ।’ फ्याक्ट्री मूल्यमा ३ रुपैयाँ बढ्दा होलसेल, खुद्रा बजारमा प्रतिकिलो ७/८ रुपैयाँसम्म फरक पर्ने पौडेलको भनाइ छ । चिनीको मूल्य बढ्नुमा मुख्यतः मौज्दातकै अभाव रहेको विभागको निष्कर्ष छ ।

Vianet communication

खुद्रा व्यापारीहरूले प्रतिकिलो ९० देखि ९५ रुपैयाँमा बिक्री गरिरहँदा साल्टले प्रतिकिलो ७७ रुपैयाँ ५० पैसामा चिनी बेचिरहेको थियो । जानकारका अनुसार मासिक औसतमा ३० हजार टन चिनी चाहिन्छ । तर साल्ट ट्रेडिङसँग ७ सय टन मात्रै मौज्दात छ । त्यसमा पनि काठमाडौंमा साढे ३ सय टन मात्रै मौज्दात रहेको साल्टका सहमहाप्रबन्धक कुमारराज राजभण्डारीले बताए । ‘वीरगन्ज र काठमाडौंको गोदाममा गरेर ७ सय टन हो,’ उनले भने, ‘चिनी कम भएपछि आउटलेटबाट खुद्रामा किन्नेलाई मात्रै बेचेका छौं ।’

बजारभाउ नियन्त्रण गर्न साल्टले सहुलियत दरमा चिनी आयात गर्छ । पर्याप्त मौज्दात नहुँदा साल्टले होलसेललाई सहुलियत चिनी बिक्री बन्द गरेको छ । बजारमा अभाव हुन नदिन र चाडबाडलाई लक्ष्य गरी ५० हजार टन माग गरिएको थियो । तर सरकारबाट २० हजार टन मात्रै ल्याउने स्वीकृति मिल्यो । दसैंलगत्तै साल्टले पुनः थप ३० हजार टन चिनीको माग गरेको थियो । तर अहिलेसम्म आयात गर्न स्वीकृति पाएको छैन । ‘अभाव भएपछि आपूर्ति मन्त्रालयमार्फत पटकपटक माग गरिरहेका छौं । तर अझै अनुमति मिलेको छैन,’ राजभण्डारीले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले पनि सहुलियत चिनी आयातमा निर्णय भइनसकेको बताइन् । ‘साल्टले पठाएको पत्र अर्थ मन्त्रालयमा पठाएका छौं । तर अर्थले मागका विषयमा सहमति दिएको छैन,’ केसीले भनिन्, ‘सरकारसँग मौज्दात नहुँदा चिनी खुद्रामा प्रतिकिलो मूल्य ९५ रुपैयाँसम्म परेको जानकारी पाएका छौं ।’

करिब २० दिनअघि सहमतिका लागि पुनः अर्थ मन्त्रालयलाई ताकेता पत्र पठाइएको सहप्रवक्ता केसीले बताइन् । चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवालले भने उत्पादन घटेको र लागत बढेकै कारण फ्याक्ट्रीले चिनी मूल्य प्रतिकिलो साढे ८२ रुपैयाँ बनाएको दाबी गरे । ‘उत्पादन धेरै घटेको छ । भारतबाट पनि आयात हुन सकेको छैन,’ उनले भने, ‘भारतबाट आयात भए पनि महँगो पर्छ ।’ गत माघसम्ममा उद्योगीहरूले प्रतिकिलो ७८ रुपैयाँ फ्याक्ट्री मूल्यमा बिक्री गरेको होलसेल व्यवसायीहरू बताउँछन् । सरकारले उखुको समर्थन मूल्य केही बढाएर तोकेपछि उद्योगीहरूले फ्याक्ट्री मूल्य करिब ८० रुपैयाँ पुर्‍याए । उखु क्रसिङ सकिएलगत्तै कोभिडको मौकामा मूल्य पुनः बढाएका छन् । उद्योगीहरूसँग लागत र नाफाको विवरण मागिएको विभागका महानिर्देशक पौडेलले जानकारी दिए । त्यसपछि मूल्य विश्लेषण गरेर बढी लिनेलाई कानुनी दायरामा ल्याइने उनले बताए । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x