×

NMB BANK
NIC ASIA

कोरोना : ३ मिनेटको अन्तरमा जन्मेका जुम्ल्याहाको २२ घन्टाको फरकमा मृत्यु

जेठ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशको मेरठमा कोरोनाका कारण जुम्ल्याहा दाजुभाइको ज्यान गएको छ । 
 

Muktinath Bank

जोयफ्रेड भर्गिज ग्रेगोरी र रोलफ्रेड भर्गिज ग्रेगोरी २२ घन्टाको फरकमा बितेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवैजना इन्जिनीयर थिए र पोहोर साल मात्र एउटा बहुराष्ट्रिय कम्पनीमा उनीहरूले जागिर पाएका थिए । 


Advertisment
Nabil box
Kumari

लकडाउनमा उनीहरू घरैमा बसेर काम गरिरहेका थिए अनि घरैमा उनीहरूलाई संक्रमण भयो । 

Vianet communication
Laxmi Bank

शुक्रवार दाइ जोयफ्रेड र शनिवार भाइ रोलफ्रेडको मृत्यु भएको हो । उनीहरू तीन मिनेटको अन्तरमा जन्मेका थिए । 

आमा सोजा ग्रेगोरी र पिता ग्रेगोरी राफेल सेन्ट टमस स्कूलमा पढाउँथे । 

दाजुभाइ आनन्द अस्पतालमा भर्ना गरिएका थिए । दुवैलाई एकैपटक संक्रमण भएको थियो । आरटीपीसीआर पोजिटिभ आएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा गम्भीर संक्रमण भएपछि अक्सिजन स्तर घटेको थियो । 

अक्सिजन दिइएपछि अनि प्लाज्मा थेरापी गरिएपछि उनीहरू बिस्तारै निको हुँदै गए । 

कोरोना नेगेटिभ भए पनि उनीहरूको फोक्सोमा पोस्ट कोभिड फाइब्रोसिस बढेको थियो । सास फेर्न गाह्रो नै परिरहेको थियो ।

चिकित्सकहरूले उनीहरूलाई अस्पतालमै राखे । त्यहीँ नै उनीहरूको मृत्यु भयो । उनीहरूभन्दा पाँच वर्ष जेठा नेलफ्रेड ग्रेगरी मात्र जीवित छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x