
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ ।
मुलुकको समसामयिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको नेताहरूले बताएका छन् ।
सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिलाइ गरिरहेको समयमा प्रतिपक्षी दलले संसदीय दलको कार्यसमिति बैठक बोलाएको हो । बुधवार दिउँसो २ बजेका लागि कार्यसमितिको बैठक आह्वान गरिएको राष्टिय सभाका कांग्रेस सांसद प्रकाश पन्थले लोकान्तरलाई जानकारी दिए ।