
कोभिड-१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गरिएको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक बृद्धि हासिल हुनेमा राष्ट्र बैंकले शंका गरेको छ।
गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ४ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्नसमेत चुनौतीपूर्ण हुने बताएका हुन्।
बैंकिङ क्षेत्र पनि प्रभावित हुने चिन्ता राष्ट्र बैंकले ब्यक्त गरेको छ। अघिल्लो चैतमा गरिएको लकडाउनताका नयमनकारी नीतिगत सहजताले गर्द बैंकिङ क्षेत्रले ब्यवस्थापन गर्न सकेको थियो।
'तर, कोभिड-१९ को दोस्रो लहरका कारण अबलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुन: प्रभावित भइ बैंकिङ क्षेत्रपनि प्रभावित सम्भावना रहेको छ' राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
चैतसम्म बैंकिङबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुन: शिथिलतातर्फ जाने राष्ट्र बैंकको विश्लेषण छ।