कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
असार ८, २०७८
चीनको पश्चिममा रहेको सिन्ज्याङमा प्रान्तमा उइगुर जातिका मानिसमाथि चिनियाँ सरकारले दमन गरेको भन्दै अमेरिकीहरू खुबै हल्लाखल्ला गर्ने गर्छन् । तर उक्त क्षेत्र चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ र त्यहाँ प्राकृतिक स्रोत पनि भरपूर छ । त्यसैले त्यहाँ मानवअधिकारको विषयभन्दा पनि भूराजनीतिक चलखेल हावी भएको देखिन्छ ।
गत साता चीनले गरेको एक महत्त्वपूर्ण घोषणा पश्चिमी सञ्चारमाध्यममा त्यति पढिएन/सुनिएन । सिन्ज्याङमा चीनका तेल कम्पनीहरूले लगभग एक अर्ब टन जति तेलको भण्डार फेला पारेका छन् । चीनमा दशकौंपछि यति धेरै तेल फेला परेको हो र उक्त क्षेत्रमा भएका अनेकौं आविष्कारमा यो पनि थपिएको छ ।
यसले खेललाई पूरै परिवर्तन नगर्ने भए पनि यो निकै महत्त्वपूर्ण खोज हो किनकि चीन संसारको सबभन्दा धेरै तेल आयात गर्ने, बढ्दो औद्योगिक अर्थतन्त्र भएको तथा १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको मुलुक हो ।
बेइजिङ अहिले ऊर्जाको खोजमा लागिपरेको मात्र नभई ऊर्जा स्वतन्त्रता पनि चाहिरहेको छ । आफ्नो ऊर्जा तथा तेलको आवश्यकता पूर्ति गर्नका लागि अन्य देशमा निर्भर नरहने उसको चाहना छ । तर यो प्राथमिकताको विषय किन हो ?
अरूमा निर्भर रहनु नपर्ने गरी तेलको विशाल भण्डार चीनमा छैन र चीन अहिले पश्चिम एसियाबाट व्यापक मात्रामा आयातका लागि निर्भर छ । तर सधैं यो स्थिति रहनुहुँदैन भन्ने बेइजिङको मान्यता हो ।
हिन्द महासागर, मलक्का जलसन्धि र दक्षिण चीन सागर हुँदै तेल आयात गर्ने परम्परागत मार्ग अमेरिकाको सदाशयतामा निर्भर छ । अमेरिकाले खुला तथा स्वतन्त्र हिन्द प्रशान्त रणनीतिमार्फत चीनलाई जलमार्गबाट सामरिक रूपमा घेराबन्दी गर्न खोजेको छ ।
कथंकदाचित् चीन र अमेरिकाबीच लडाइँ भएमा वाशिङटनले चीनको वरपरको क्षेत्रमा जहाज हिँड्ने मार्गमा नाकाबन्दी गर्ने अनि तेल आयात रोकिदिने जोखिम छ । बेइजिङलाई अप्ठ्यारोमा पार्ने यो सबभन्दा सरल उपाय हो ।
यस्तो स्थितिले गर्दा सिन्ज्याङ चीनका लागि मात्र नभई उसका शत्रुहरूका लागि पनि रणनीतिक रूपमा महत्त्वपूर्ण प्रान्त हो । त्यहाँको विशाल ऊर्जा स्रोत मात्र नभई त्यो मध्य युरोप तथा पश्चिम एसियासम्म पुग्ने बाटो भएकाले पनि त्यसको भौगोलिक महत्त्व उच्च छ ।
उक्त प्रान्तको दक्षिणमा पाकिस्तान छ जसले भारतीय उपमहाद्वीपलाई छल्दै पश्चिमी हिन्द महासागरमा सीधा बाटो उपलब्ध गराउँछ र तेल आयात गर्नका लागि यो उत्कृष्ट मार्ग हो । यसबाट पनि चीन–पाकिस्तान आर्थिक कोरिडोर र बेल्ट यान्ड रोड इनिसिएटिभको महत्त्व झल्किन्छ ।
चीनको ऊर्जा स्वतन्त्रता तथा विविधताका लागि सिन्ज्याङ अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो अनि अमेरिकाले त्यसलाई सैन्य कारवाही गरेर प्रभुत्वमा राख्न गाह्रो छ ।
तर अमेरिकाले चीनलाई विविध उपायले प्रतिकार गर्न खोज्दैछ । विश्वव्यापी तेल उद्योगमा प्रभुत्व कायम राख्ने अमेरिकाको चाहना हो र तेलमा कब्जा गर्नका लागि आफूले नियन्त्रणमा राख्न नसकेका देशहरूलाई ऊ मन पराउँदैन । अर्थात् यसमा पूँजीको खेल छ तर अमेरिकाको प्राथमिक उद्देश्य सामरिक तथा रणनीतिक हो ।
अमेरिकाले चीनका तेल कम्पनीहरूलाई तेल अन्वेषणको प्रविधि हासिल गर्नबाट रोक्नका लागि एउटा निषेधात्मक सूचीमा राखेको छ (तर त्यो विफल भएको देखिन्छ) । उसले चिनियाँ कम्पनीहरूलाई लगानीमा प्रतिषेध गर्ने सूचीमा समेत राखेको छ । यो अमेरिकी पूँजीबाट उनीहरूलाई वञ्चित गर्ने प्रयास हो ।
तर यी झिनामसिना प्रयास हुन् । खासमा अमेरिकाले सिन्ज्याङमा आपूर्ति शृंखला तथा लगानीलाई निरुत्साहन गर्नका लागि त्यस क्षेत्रलाई भूराजनीतिक रूपमा एक्ल्याउन खोजेको छ । त्यसैका लागि उसले त्यहाँ उइगुर अल्पसंख्यकहरूको नरसंहार भइरहेको भन्ने दाबी गरेको हो । चीनलाई जलमार्गमा नै निर्भर राखिरहन तथा सिन्ज्याङमा बेइजिङले कठोरतापूर्वक यथास्थिति कायम राखेमा राजनीतिक मूल्य चुकाउनुपर्ने भनी देखाउन अमेरिकाले दुष्प्रयास गरिरहेको हो ।
तर यसले ऊर्जा स्वतन्त्रताका लागि बेइजिङले गरिरहेको कोशिशलाई कुनै असर पारेको देखिँदैन । हालै मात्र चीनले इन्नर मंगोलिया नजिक संसारको सबभन्दा ठूलो शेल तेलको भण्डार पत्ता लगाएको छ । चीनले वैकल्पिक ऊर्जाका क्षेत्रमा गरिरहेका विभिन्न प्रयासलाई यसले थप मद्दत गरेको छ । विद्युतीय कार, बस तथा ब्याट्रीहरूमा व्यापक लगानी, आणविक बिजुली तथा प्रविधिका लागि व्यापक प्रयास, समुद्रबाट युरेनियम उत्खनन गर्ने प्रस्ताव, रुससँग जोडिने नयाँ पाइपलाइन निर्माण तथा बीआरआईका स्थलमार्ग निर्माणसँगै इरानसँगको सम्बन्धमा मजबूती यसैसँग जोडिएका छन् ।
सबै क्षेत्रमा चीनले आक्रामक रूपमा ऊर्जाका विभिन्न प्रकारलाई विविधीकरण तथा लगानी गरी विशाल रणनीतिक कमजोरीलाई पुर्न खोजिरहेको छ । यो प्रतिस्पर्धा दक्षिण चीन सागर क्षेत्रमा पनि फैलिएको छ । त्यहाँ तेल र प्राकृतिक ग्यासका १४ खर्ब ब्यारल छन् । तर उक्त क्षेत्रमा राजनीतिक प्रतिस्पर्धा तीव्र रहेकाले यो दीर्घकालीन विकल्प मात्र हो, तत्कालीन समाधान हैन ।
चीनले सामरिक रूपमा विवादित क्षेत्रहरूबाट आपूर्ति मार्ग छल्न तथा अमेरिकासँग थप भिडन्तका लागि आफूलाई तयार पार्न सिन्ज्याङ तथा त्यससँग जोडिएका व्यापार मार्ग र ऊर्जा भण्डारलाई महत्त्व दिइरहेको हो । चीन यसमा सफल भएमा सामुद्रिक क्षेत्रमा थप कठोर उपाय अपनाउनका लागि प्रोत्साहित हुनेछ ।
त्यसैले गर्दा अमेरिकाले सिन्ज्याङको विषयलाई आक्रामक रूपमा उठाइरहेको हो । आखिर, अमेरिकाले तेलका भण्डारलाई रणनीतिक रूपमा प्रभुत्व जमाउने उद्देश्यले प्रचारबाजी गर्ने गरेको इतिहास छ । तर उसले अहिलेसम्म गरेका कुनै प्रयासले पनि चीनलाई तेल तथा ऊर्जाको खोजीमा रोक्न सकेका छैनन् ।
आरटीमा प्रकाशित टम फाउडीको विश्लेषण लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...