×

NMB BANK
NIC ASIA

प्रचण्डको दाबी : संसद पुनःस्थापना हुन्छ, देउवालाई प्रधानमन्त्री बनाउन परामादेश पनि जारी हुन्छ

असार १४, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार गठन गर्न परमादेश जारी हुने दाबी गरेका छन् ।

Muktinath Bank

प्रचण्डले संविधानको धारा ७६(५) को व्यवस्था सांसदहरूको विशेषाधिकार भएको पनि जिकिर गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पेशाकर्मी र बुद्धिजीवीसँग गरिएको छलफलमा प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरे । ‘संसद पुनःस्थापना हुन्छ, शेरबहादुर देउवाको सरकार गठन गर्न परमादेश जारी हुन्छ भनेर म आज पनि भन्छु । संविधानको व्यवस्था, परम्परा र नजीर अनुसार त्यसो नहुनु पर्ने कारण छैन,’ प्रचण्डले भने, ‘संविधानको धारा ७६(५) भनेको संसद पटक–पटक भंग हुने अवस्था नआओस् भनेर जानीबुझी सांसदहरूलाई दिइएको विशेषाधिकार हो । निर्दलीय भन्न खोजिएको छ, यो गलत हो ।’


Advertisment
Nabil box
Kumari

आफूमाथि अदालतमा सेटिङको आरोप लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै अदालतलाई दबाबमा पार्न खोजेको आरोप प्रचण्डले लगाए । ‘हामी अदालतलाई प्रभावित पार्ने गरी कुनै अभिव्यक्ति दिन चाहँदैनौं । यसअघि पनि अदालतप्रति भरोसा छ भनेका थियौं, अहिले पनि विश्वास छ,’ प्रचण्डले भने, ‘पहिला पनि केपीका मान्छेले सेटिङ गरिएको छ भन्दै हिँडेका थिए, अहिले अर्को रूपमा अदालतलाई धम्क्याउने, तर्साउने निकै ठूलो र षड्यन्त्र भएको छ ।’

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभाका १४६ जनाको तर्फबाट गरेको बहसलाई महान्याधिवक्ताले ‘गाली पुराण’ सुनियो भनेर बदनाम गर्न खोजेको प्रचण्डले आरोप लगाए । 

प्रचण्डले आफूहरूमाथि प्रधानमन्त्रीले गाली गलौजमा उत्रिनुले पराजित मानसिकता देखिएको टिप्पणी गरे । ‘केपीजीले आज यति तल उत्रेर गाली शुरू गर्नुभएको छ । केपीजी सिद्धिनुभयो, कलंक र बद्नाम प्रधानमन्त्रीको रूपमा नेपालको इतिहासमा बद्नाम भएर जानुभयो,’ प्रचण्डले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x