२२ असार २०८३, सोमबार

वरिष्ठ नेता पौडेलले लिए क्रियाशील सदस्यताबारे जानकारी

वरिष्ठ नेता पौडेलले लिए क्रियाशील सदस्यताबारे जानकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर समितिको कामका बारेमा जानकारी लिनुभएको छ ।

समितिले हाल काम गरिरहेको तिलगङ्गास्थित नेपाल–भारत मैत्री धर्मशाला पुगेर नेता पौडेलले समितिले अहोरात्र खटेर काम गरिरहेको भन्दै कामको प्रशंसा गरेको समिति प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए । साथै उनले निर्धारित समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने भएकाले क्रियाशील सदस्यताको काम समयमै टुङ्गो लगाउनसमेत निर्देशन दिनुभएको प्रवक्ता पौडेलले बताए ।

समितिले हालसम्म १०७ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यतासम्बन्धी काम सम्पन्न भइसकेको र अन्य क्षेत्रको पनि निर्धारित समयमै सम्पन्न हुने जनाएको छ । कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि यही असार ३० गतेभित्र तोकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्