२२ असार २०८३, सोमबार
देउवाको पाँचौं सत्तायात्रा

संविधानको धारा 'कोट' नगरी राष्ट्रपति कार्यालयको विज्ञप्ति– सर्वोच्चको फैसलाबमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त !

संविधानको धारा 'कोट' नगरी राष्ट्रपति कार्यालयको विज्ञप्ति– सर्वोच्चको फैसलाबमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त !

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

सर्वोच्चको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

'संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसलाबमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्चले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू भने पनि विज्ञप्तिमा संविधानको धारा/उपधारा कोट गरिएको छैन ।

हेर्नुहोस्, विज्ञिप्ति :
 

salt training

कमेन्ट गर्नुहोस्