
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले ओलीले कार्यपालिका र व्यवस्थापिका ध्वस्त पारिसकेको आरोप समेत लगाएका छन् ।
डा. भट्टराईले लेखेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ ! जो चोर उसको ठूलो स्वर भनेझैं संविधान सभाले विशेष व्यवस्था गरेको धारा ७६(५) ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ ! त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?’
खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ! जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ!त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र?
— Baburam Bhattarai (@brb1954) July 16, 2021