×

NMB BANK
NIC ASIA

यही महिनामा यी ३ कम्पनीले जारी गर्दैछन् आईपीओ, कहिले कहिले हुन्छ बिक्री खुला ?

साउन १२, २०७८

NTC
Premier Steels

साउन महिनामा विभिन्न ३ कम्पनीले आईपीओ जारी गर्दैछन् । 

Muktinath Bank

आईपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीहरूले यसका लागि मिति समेत तोकिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी हुन् आइपीओ जारी गर्न लागेका ३ कम्पनी


Advertisment
Nabil box
Kumari

मैलुङ खोला जलविद्युत कम्पनीले साधारण शेयर (आईपीओ) बिक्री खुला गर्दैछ । कम्पनीले साउन १४ गतेदेखि बिक्री खुला गर्न लागेको हो ।

Vianet communication

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित कुल ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमा १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

जसमा लगानीकर्ता न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ बिक्री छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गते बन्द गर्ने उल्लेख गरेको छ ।

यस्तै  सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दैछ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

यस्तै साउन २७ गतेदेखि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन  गर्दै छ । लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

सो आईपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x