२२ असार २०८३, सोमबार

भरतपुर मुद्दाको सुनुवाई आज, देखाइदिएला अदालतले बाटो ?

कात्तिक २०, २०७४
भरतपुर मुद्दाको सुनुवाई आज, देखाइदिएला अदालतले बाटो ?

काठमाडौं, २८ जेठ — भरतपुर प्रकरणमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश चालेन्द्र शमशेर राणाको बेन्चले २८ गते भित्रमा दुबै पक्षलाई छलफलमा बोलाउँदै निर्वाचन आयोगलाई २८ गते सम्म निर्वाचनका काम नगर्न आदेश दिएको थियो ।

आज चालेन्द्रकै बेञ्चमा सो मुद्दामा दुबै तर्फका मतियारहरुले छलफल गर्ने छन् । बहस चाहिँ पहिलो दिनकै सुनुवाईमा भएको थियो । सम्भवत आज सर्वोच्च अदालतले भरतपुर प्रकरणका विषयमा अन्तिम आदेश दिने छ ।
अदालतले पुन मतदान गराउने निर्णयलाई नै निरन्तरता दिएमा भरतपुरमा केही दिन भित्रैमा निर्वाचन हुनेछ । बदर भएमा चाहिँ मतगणनालाई निरन्तरता दिइने छ ।

जेठ १४ गते चितवनको भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको बेलामा मत पत्र च्यातिएको थियो । त्यसपछि मतगणना स्थगित भएको हो । मतगणना स्थगित गरेर निर्वाचन आयोगले पुनः निर्वाचन गराउने निर्णय गरेपछि एमाले उम्मेदवार अदालत गएका थिए ।

एमालेले मतगणना हुनुपर्ने र फेरि निर्वाचन गराउन नहुने भन्दै अदालतमा मुद्दा हालेपछि सो विषय अदालतमा अड्किएको छ ।

salt training

कमेन्ट गर्नुहोस्