२२ असार २०८३, सोमबार

संसद् बैठक १८ असारसम्म स्थगित, चुनाव अघि संशोधनको सम्भावना समाप्त

कात्तिक २०, २०७४
संसद् बैठक १८ असारसम्म स्थगित, चुनाव अघि संशोधनको सम्भावना समाप्त
काठमाडौं २९ जेठ–असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारीका कारण व्यवस्थापिका संसद्को बैठक तीन साताका लागि स्थगित भएको छ ।

मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी हुने बाटो सहज बनाउन आइतवार राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेर संसद्को बैठक असार १८ गतेसम्मका लागि स्थगित भएको छ । संसद् नियमावलीको व्यवस्था संशोधन गरि एकै दिन संसद्का तीनवटा बैठक राखेर आइतवार विधेयक संशोधन गरिएको थियो ।

संसद् बैठक असार १८ गतेसम्म स्थगित भएपछि मधेस केन्द्रित दलहरुको माग पूरा गर्न चुनाव अगाडि संविधान संशोधन गर्ने सम्भावना टरेको छ । शुक्रवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि संशोधनको सम्भावना नरहेको बताएका थिए । संशोधनका लागि दुईतिहाइ बहुमत पुगिनसकेका कारण चुनाव पछिमात्र पारित गर्न लागिने सत्तारुढ दलका नेताहरु बताउँछन् ।

मधेस केन्द्रित दलहरुले भने संविधान संशोधनलाई बटम लाइन बनाएर चुनाव बिथोल्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकार र सत्तारुढ दलहरु आफूहरुका न्यूनतम माग पूरा गर्नपनि राजी नभएकोले आफूहरुले आन्दोलन घोषणा गर्न बाध्य भएको राजपा नेता लक्ष्मणलाल कर्णले बताए ।

‘संविधान संशोधन र आन्दोलनका क्रममा लगाइएका झुठ्ठा मुद्दा फिर्ता लिनुपर्ने हाम्रा न्युनतम मागपनि पूरा भएनन्’ कर्णले लोकान्तरसँग भने, ‘अब हामी चुनावमा भाग लिदैनौ, आन्दोलनमा जान्छौ ।’ राजनीतिक दल सम्बन्धी विधेयक संशोधन आफूहरुको माग भन्दापनि प्राविधिक बिषय भएको उनले बताए ।

चुनाव अघि संशोधनको सम्भावना सकिएपछि मधेस केन्द्रित दलका नेताहरु आन्दोलतको तयारी स्वरुप तराइ जाने तयारी गरेका छन् । उम्मेदवारको मनोनयन गर्ने दिन असार २ गते तराइका जिल्ला बन्द गरेर मनोनयन प्रभावित गर्ने राजपाको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्