२२ असार २०८३, सोमबार

अटो रिक्सा चढेर बाहिरिए मन्त्री आचार्य

साउन २८, २०७८
अटो रिक्सा चढेर बाहिरिए मन्त्री आचार्य

राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्री पदबाट हटेपछि अटो रिक्सा चढेर बिहीवार मन्त्रालयबाट बाहिरिएका छन् ।

बिहीवार बिहान पत्रकार सम्मेलन गरी उनी सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए । नयाँ बन्ने लागेका मुख्यमन्त्री कुलप्रसाद केसीले विधेयक ल्याएको उनले बताए ।

अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए ।

उनले दाङ राजधानी बनाउन मुख्यमन्त्री पोखरेललाई साथ दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्