नेपालमा कूल जनसंख्याको १५ प्रतिशत जनसंख्याले कोरोना भाइरस विरुद्धको खोप पाएका छन् ।
त्यसमध्ये ९ प्रतिशतले दुवै डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदलाई जानकारी गराएका छन् ।
बिहीवार प्रतिनिधिसभा बैठकमा समय लिएर राज्यमन्त्री श्रेष्ठले ४५ लाख ७० हजारले पहिलो मात्रा खोप पाएको जानकारी गराए । यो संख्या कूल जनसंख्याको १५.५ प्रतिशत हो । २८ लाख ८८ हजार अर्थात् ९ प्रतिशत जनसंख्याले दुवै डोज खोप लगाएको उनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले आगामी दिनमा काठमाडौं र तराईको बढी जनघनत्व भएका शहर र विद्यार्थीलाई प्राथमिकताका साथमा खोप लगाइने बताए ।