×

NIC ASIA

अस्थिर पद : एउटै प्रदेशमा साढे ३ वर्षमा ४ प्रदेश प्रमुख नियुक्त

साउन ३२, २०७८

Prabhu Bank
NTC
Premier Steels

२ नम्बर प्रदेशमा साढे ३ वर्षमा ४ जना प्रदेश प्रमुख नियुक्त भएका छन् । 

Muktinath Bank

झण्डै ५ महिनाअघि नियुक्त गरिएका २ नम्बर प्रदेश प्रमुख राजेश अहिराजलाई सोमवार पदमुक्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिराजलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गर्दै २०७७ फागुन ८ गते अहिराजलाई सिफारिस गरेको थियो ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपाल संविधानको धारा १६३(२) बमोजिम अहिराज प्रदेश प्रमुखमा नियुक्त भएका थिए । सोही दिन त्यसअघिका प्रदेश प्रमुख परियारलाई संविधानको धारा १६५(१)(ख) बमोजिम पदमुक्त गरिएको थियो । 

Vianet communication

ओलीको नेतृत्वमा सरकार बनेपछि नेकपा माओवादी केन्द्रको समर्थनमा माओवादी कोटाबाट २०७६ कात्तिक १८ गते परियारलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । तर नेकपा विभाजन भएपछि ओली सरकारले परियारलाई पदमुक्त गर्दै एमालेको कोटामा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

पदमुक्त भएपछि नेपाल सरकारबाट प्राप्त हुने कुनै पनि किसिमको सुविधा नलिने अहिराजले लोकान्तरलाई बताए । देशमा शान्ति सुरक्षा तथा अन्य काममा समेत सुरक्षाकर्मीको खाँचो रहेकाले पदमुक्त भएपछि निजी सुरक्षा नलिने समेत उनले बताए ।

‘पदमुक्त भएको औपचारिक विज्ञप्ति जारी भएपछि मैले पाउने निजी सुरक्षा समेत आजै मैले नेपाल सरकारलाई फिर्ता गर्नेछु,’ अहिराजले भने ।

करीब ४ महिनासम्म प्रदेश प्रमुखको रूपमा नियुक्त गरी काम गर्न दिएकोमा नेपाल सरकारप्रति पदमुक्त भएका अहिराजले आभार व्यक्त गरे । ‘नयाँ नियुक्त हुनका लागि सिफारिस हुनुभएका मिश्रलाई बधाई तथा शुभकामना दिन चाहन्छु,’ अहिराजले लोकान्तरसँग भने, ‘हालसम्म साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

प्रदेश प्रमुखमा परियारलाई नियुक्त गर्नुअघि शेरबहादुर देउवा नेतृवको सरकारले प्रदेशसभा स्थापना हुनुअघि नै नियुक्त गरेका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई पदमुक्त गरिएको थियो । २०७४ माघ ३ गते देउवा सरकारले तत्कालीन समाजवादी पार्टीको कोटाका कायस्थलाई प्रदेश प्रमुख बनाएको थियो । 

२ नम्बर प्रदेशमा पहिलोपटक नियुक्त भएका कायस्थ सबैभन्दा बढी २१ महिना, परियार १६ महिना र अहिराज झण्डै ५ महिनासम्म पदमा कायम रहेका छन् ।
   
सरकार परिवर्तन हुने वित्तिकै प्रदेश प्रमुख पनि फेरिने हुनाले प्रदेश प्रमुख स्थायी हुन सकेको छैन । राजनीतिक विश्लेषक समेत रहेका प्राध्यापक डा. सुरेन्द्र लाभले प्रदेश प्रमुखको पदलाई राजनीतिक पार्टीले आफ्नो राजनीति गर्नका लागि हतियारको रूपमा प्रयोग गरेको टिप्पणी गरे ।

‘प्रदेश प्रमुखको धेरै काम पनि छैन तर संवैधानिक मर्यादाको पद रहेकाले कार्यकाल पूरा हुने गरी प्रदेश प्रमुख पदलाई राखेको भए लोकतन्त्रको लागि राम्रो सन्देश जान्थ्यो,’ लाभले भने, ‘बरु प्रदेश प्रमुख नियुक्त गर्दा नै निष्पक्ष, इमान्दार, लोकतन्त्र बुझेको तथा प्रदेशका नागरिकदेखि हरेक राजनीतिक दलले सर्वस्वीकार्य गर्नसक्ने खालको मान्छेलाई नियुक्त गर्दा ठीक हुन्थ्यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x