×

NIC ASIA

अफगान द्वन्द्व

अफगानिस्तानबाट १६४ नेपाली स्वदेश फिर्ता, २ जना अफगान नागरिक पनि काठमाडौं ओर्लिए

साउन ३२, २०७८

Prabhu Bank
NTC
Premier Steels

तालिवानले एकपछि अर्को राज्य कब्जा गर्न थालेपछि पछिल्लो ११ दिनयता अफगानिस्तानबाट १६४ जना नेपाली स्वदेश फर्किएको पाइएको छ ।

Muktinath Bank

अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार अगस्ट ५ तारिखयता अफगानिस्तानबाट १ सय ६४ जना नेपाली र २ जना अफगानी नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यही अगस्ट ५ तारिखयता १६४ जना नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएका छन्,’ अध्यागमन स्रोतले लोकान्तरलाई दिएको जानकारीलाई पुष्टि गर्ने क्रममा प्रवक्ता ढकालले भने ।


Advertisment
Nabil box
Kumari

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पनि अफगानिस्तानबाट नेपालीहरू स्वदेश फिर्ता भइरहेको बताए ।

Vianet communication

‘उहाँहरू आइरहनुभएको छ, तर हामीले उता भने जान दिएका छैनौं,’ महानिर्देशक भट्टराईले भने ।

अफगान नागरिकलाई भित्रिन नदिने भन्ने कुनै नीति वा निर्णय नरहेकाले उनीहरू पनि भित्रिएको हुनसक्ने भट्टराईको भनाइ छ ।

‘कोभिडका कारण विदेशमा रहेका नेपाली, एनआरएन र कूटनीतिक नियोगका व्यक्तिहरूलाई आउन दिने भन्ने छ, त्यसको मापदण्डभित्र पर्ने भएकाले आउनुभएको हुनसक्छ, तर त्योभन्दा बाहिरका आउनुभएको छैन,’ महानिर्देशक भट्टराईले लोकान्तरसँग भने ।

अफगानिस्तानको राजधानी काबुलमा समेत तालिबानले कब्जा जमाइसकेको । त्यहाँ रहेका सयौं नेपाली नागरिकको अझै उद्धार हुन सकेको छैन ।

केहीलाई भने उनीहरू कार्यरत कम्पनी वा नियोगहरूले नै दुबई, कतार लगायतका मुलुकमा लगेर छाडेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x