×

चौथो विश्व संस्कृत दिवस मनाइँदै

भदौ ५, २०७८

चौथो विश्व संस्कृत दिवसको निर्देशन समिति गठन गरिँदाको तस्वीर ।

चौथो विश्व संस्कृत दिवस श्रावण पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर आइतवार मनाइँदैछ । 

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि मनाउन शुरू गरिएको विश्व संस्कृत दिवस यस वर्ष पनि मनाइने भएको हो । 


Advertisment

दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाहरूले संयुक्त रूपमा गरेका छन् ।


Advertisment

नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासंघ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भुटानी हिन्दू संगठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम यूकेको सहकार्यमा दिवस मनाउन लागिएको हो । 

नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजना गरिएको छ । 

कोरोना भाइरस महाव्याधिका कारणले सरकारले जारी गरेको निर्देशनअनुसार सानो संख्यामा मात्र प्रत्यक्ष उपस्थित हुने र देश तथा विदेशबाट प्रविधिमार्फत् ठूलो संख्यामा सहभागिता हुने जरोकिलो प्रतिष्ठानले जनाएको छ । 

मूल समारोहलाई सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका पूर्वकुलपति प्रा.डा. राजाराम शुक्ल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा. नारायणप्रसाद गौतम र जैनमुनि डा. मणिभद्र महाराज सहितका वक्ताहरूले सम्बोधन गर्नेछन् । 

देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यहरूको प्रस्तुति पनि हुनेछ । 

नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतार लगायतका देशहरूमा चौथो विश्व संस्कृत दिवस मनाउन कार्यक्रमहरू तय भइसकेको जरोकिलो महाअभियानका संकल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले जानकारी दिए । 

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x