२१ जेठ २०८३, बिहीबार

जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

१७ वर्षीया किशोरीलाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा तीन जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७, बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यमबहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् । 

ती किशोरी बुधवार साँझ तीजको नाच हेर्न गई फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्