×

NMB BANK
NIC ASIA

अमेरिकाले गरेको ड्रोन आक्रमणमा निर्दोष अफगानी मारिएको दाबी

भदौ २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानमा अमेरिकाले बहिर्गमन गर्दै गर्दा ड्रोन आक्रमण गरेकोमा अमेरिकी सञ्चारमाध्यमले त्यस विषयमा प्रश्न उठाएका छन् । 

Muktinath Bank

न्युयोर्क टाइम्स र वाशिङटन पोस्टले दाबी गरेअनुसार, उक्त ड्रोन आक्रमणमा इस्लामिक स्टेटका लडाकू मारिएको खबर झूटो हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काबुलमा गरिएको उक्त आक्रमणमा अमेरिकाको सहायक समूहका मानिसको मृत्यु भएको थियो । प्राप्त प्रमाणहरूका आधारमा उनीहरूले अमेरिकी सेनाको दाबी पनि खारेज गरेका छन् । सेनाले गाडीमा विस्फोटक पदार्थ भएका दोस्रो विस्फोट भएको दाबी गरेको थियो । 


Advertisment
Nabil box
Kumari

तर पेन्टागनले ठूलो जोखिमलाई उक्त आक्रमणमार्फत टारेको बताएको छ । 

Vianet communication
Laxmi Bank

काबुलमा अगस्ट २९ मा गरिएको आक्रमणमा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । परिवारका अन्य सदस्यका अनुसार, मर्नेहरूमा ६ जना बालबालिका थिए । 

अमेरिकी सेना त्यतिखेर उच्च सतर्क स्थितिमा थियो किनकि त्यसको तीन दिनअघि एक आत्मघाती आक्रमणकारीले काबुल विमानस्थलमा आक्रमण गरेर १०० भन्दा बढी नागरिक र १३ अमेरिकी सैनिकको हत्या गरेको थियो । 

दुवै पत्रिकाले प्रमाणका लागि भिडियो र तस्वीरहरू भेला पारेका थिए र प्रत्यक्षदर्शीहरूसँग यस विषयमा कुराकानी गरेका थिए । त्यसपछि उनीहरूले गाडीमा कुनै विस्फोटक पदार्थ नभएको निष्कर्ष निकालेका हुन् । 

अमेरिकी सेनाले चाहिँ मारिएका व्यक्तिको पहिचान आक्रमणअघि नखुलेको तर इस्लामिक स्टेटको अफगानिस्तान शाखासँग ऊ जोडिएको बताएको छ । 

जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष मार्क मिलेले यो सही आक्रमण भएको बताए । 

न्युयोर्क टाइम्स र वाशिङटन पोस्टले मारिने व्यक्ति ४३ वर्षका इजमराई अहमदी भएको लेखे । उनी क्यालिफोर्नियाको न्युट्रिसन यान्ड एजुकेसन इन्टरनेसनल नामक सहायता समूहसँग जोडिएका थिए । अहमदीले अमेरिका जानका लागि निवेदन दिएका थिए । 

न्युयोर्क टाइम्सका अनुसार, अमेरिका सेनाले निगरानी गरिरहेको सेतो सेडान गाडी आईएसको सेफ हाउसबाट निस्केको थियो । आफूहरूले आतंकवादीहरूको कुराकानीलाई इन्टरसेप्ट गरेको अमेरिकी सेनाले बतायो । गाडी कतिपय स्थानमा रोकिएको थियो किनकि उसलाई सामान उठाएर डेलिभरी गर्नु थियो । 

गाडीमा भएको प्याकेट निकै ठूलो हुनाले अमेरिकी सेनाले त्यो विस्फोटक पदार्थ भएको अनुमान गरेको थियो । 

पत्रिकाहरूले सुरक्षासँग सम्बन्धित भिडियो जाँच गर्दा अहमदीले ल्यापटप र पानीका ठूला भाँडा बोकेको पाए । काबुलमा पानीको अभाव भएकाले उनले भाँडा बोकेका थिए । 

पछि अहमदी घर गए । अमेरिकाका ड्रोन सञ्चालकहरूले उनलाई अर्का एक पुरुषसँग कुराकानी गरेको देखेपछि आक्रमण गर्ने निर्णय लिए । तर अहमदीमाथि आक्रमण हुँदा उनको परिवारका मानिस वरपर नै थिए । मर्ने सबभन्दा सानो बालकको उमेर दुई वर्ष थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x