तुइनको खोजीमा केकी, सार्वजनिक गरिन् स्केच

नायिका केकी अधिकारी अहिले तुइनको खोजीमा छिन् । चलचित्रको छायांकनका लागि उनले तुइन खोजिरहेकी हुन् । 


Advertisement

उनले चलचित्र छायांकनका लागि चाहिने तुइनको स्केच पनि सार्वजनिक गरेकी छन् । ‘चलचित्र छायांकनको लागि २५-३५ फिट लम्बाइ  भएको तुइन खोजिरहेका छौँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘जुनसुकै जिल्लामा भए पनि तपाईंहरूमध्ये कसैलाई हामीले खोजेअनुसारको तुइन वा तुइन भएको ठाउँको ठेगाना थाहा छ भने हामीलाई खबर गरिदिनुहोला ।’


Advertisement

उनको यो तुइन खोजीले केकीको आगामी चलचित्र तुइनसँग सम्बन्धित हुने अनुमान लाउन सकिन्छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्