×

NMB BANK
NIC ASIA

परिवार नियोजन संघले गर्‍यो ‘आईभीएफ’ क्लिनिक सञ्चालनको तयारी

असोज २, २०७८

NTC
Premier Steels

नेपाल परिवार नियोजन संघले निःसन्तान दम्पतीका लागि ‘आईभीएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ ।

Muktinath Bank

विशेषगरी आईभीएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने  प्रक्रियालाई बुझाउँछ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका लागि पुल्चोकस्थित संघको केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको छ । नेपाली स्त्रीरोग  विशेषज्ञसहित भारतीय विशेषज्ञले क्लिनिकल सेवा प्रदान गर्नेछन् । यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यका क्षेत्रमा उपचारात्मक तथा प्रवद्र्धनात्मक दुवै सेवा प्रदान गरिराखेको संघले स्थापनाको ६३ वर्षपछि पहिलोपटक सो क्लिनिक सञ्चालनमा ल्याउन लागेको हो । 


Advertisment
Nabil box
Kumari

संघका व्यवस्थापक डा. नरेशप्रताप केसीले भने, ‘संघले प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सबै प्रकारका क्लिनिकल सेवा प्रदान गरिराखेको छ, बाँकी रहेको ‘आईभीएफ’ क्लिनिक बडादशैंपछि सञ्चालनको तयारी गर्दैछौं, यसका लागि आवश्यक जनशक्तिलाई तालिम प्रदान गरिसकेको छौं, हाम्रो सेवा सस्तो हुनेछ, यो सेवा असहाय, विपन्नका लागि निःशुल्क हुनेछ ।’

Vianet communication

हाल निजी क्षेत्रका केही अस्पतालले ३ लाखभन्दा बढी शुल्क लिएर सो सेवा प्रदान गरिराखेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विवाहिता दम्पतीमध्ये २० प्रतिशतमा निःसन्तान हुने समस्या रहेको छ । 

तत्कालीन स्वास्थ्य सहायकमन्त्री द्वारिकादेवी ठकुरानीका नेतृत्वमा स्थापित संघले महिलामा महिनावारी सुकेपछि देखापर्ने हर्मोन समस्यालाई सम्बोधन गर्न पुल्चोकमा नै पहिलोपटक क्लिनिकल सेवा दिने तयारी समेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समय सेवा गरेका केसीले भने, ‘महिलामा महिनावारी सुकेपछि हार्मोन डिसअडर हुन्छन्, यसबाट विभिन्न समस्या उत्पन्न हुन्छन्, यसलाई समयमै सम्बोधन गर्नु आवश्यक हुन्छ, यस्ता समस्यालाई निधान गर्न क्लिनिकल सेवाले सहयोग गर्छ ।’ 

हाल संघले विभिन्न ४३ जिल्लाका ३०१ पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।

कोभिड–१९ महामारीका बीचमा पनि संघले आफ्नो सेवालाई निरन्तर जारी राख्दै एचआईभी संक्रमित, अपाङ्गता, विकट, सीमान्तकृत तथा सेवा सुविधाबाट वञ्चित समुदायमा आफ्नो सेवा पुर्‍याइरहेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x