२२ असार २०८३, सोमबार

माधव नेपालको पार्टीसँग सहकार्य गर्न स्थानीय नेतालाई प्रचण्डको निर्देशन

माधव नेपालको पार्टीसँग सहकार्य गर्न स्थानीय नेतालाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग सहकार्य गर्न काभ्रेका स्थानीय नेतालाई निर्देशन दिएका छन् ।

काभ्रेको पाँचखालमा आयोजित योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सहज ढंगले सहकार्य गर्न निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले भने, ‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन । तपाईंहरू पनि ती साथीहरूसँग सहज ढंगले सहकार्य बढाउनुहोला ।’

एमालेमै रहेका तेस्रो धारका नेताहरूबारे बताउँदै प्रचण्डले ती नेताहरू धेरै दिन एमालेमा नटिक्ने दाबी गरे । उनले भने, ‘बडो दया लाग्छ ती साथीहरूलाई देख्दा, ढिलोछिटो त्यहाँबाट निस्किन्छन् । त्यहाँ बस्ने ठाउँ छैन ।’

उनले डा. बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनविक्रम सिंहको पार्टीसँग सहकार्य गर्न स्थानीय नेताहरूलाई निर्देशन दिएका छन् । प्रचण्डले भने, ‘किरणजी, विप्लवजी, मोहनविक्रम सिंह, बाबुरामजीको पार्टीसँग हार्दिकतापूर्वक अन्तर्क्रिया बढाएर लैजानुहोला । हामीले केन्द्रमा बढाइरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्