२२ असार २०८३, सोमबार

रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित

असोज १६, २०७८
रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित

नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार भएको जिल्ला अधिवेशनबाट रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

रोका यसअघि पनि जिल्ला सभापति थिए । सहमतिअनुसार रोकालाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुमपूर्वले जनाएको छ । रोका पूर्व सहायक मन्त्री भइसकेका छन् ।

उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगरलाई चयन गरिएको छ । खड्का निवर्तमान सचिव हुन् भने खाममगर निवर्तमान उपसभापति हुन् । जिल्ला कार्यसमितिको सचिवममा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको छ । धनप्रताव बुढामगर र खडकबहादुर घर्ती सहसचिवममा निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिको सदस्यमा संगिता बुढामगर, बालकुमारी खड्का (घर्ती), रमुना विक, भरत घर्तीमगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कुँवर, मेखमाला बुढा, बसन्तकुमार बुढा, रामबहादुर नेपाली रहेका छन् । जम्मा १७ सदस्यीय जिल्ला कार्यसमित गठन भएको छ ।

सहमतिबाट जिल्ला कार्यसमिति चयन गरिएको छ । अब केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने तयारी भइरहेको बताइएको छ । जिल्ला अधिवेशनबाटै २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिने निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्