२२ असार २०८३, सोमबार

संसद्‍मा एमालेको नयाँ नारा- कालोधन चाहिँदैन, देश लुट्न पाइँदैन !

संसद्‍मा एमालेको नयाँ नारा- कालोधन चाहिँदैन, देश लुट्न पाइँदैन !
फाइल तस्वीर।

जलविद्युतलगायत पूर्वाधार विकासमा लगानी गर्दा स्रोत नखोजिने बजेटको व्यवस्थाप्रति नेकपा एमालेले संसदमा चर्को नाराबाजी गरेको छ । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेले पूर्वाधारमा लगानी गर्दा लगानीको स्रोत नखोजिने निर्णयको विरोध गरेको हो । बैठकमा एमालेले ‘कालोधन चाहिँदैन, देश लुट्न पाइँदैन’ भनेर नाराबाजी गरेका थिए । 

जलविद्युत, सिमेन्ट उद्योग लगायत पूर्वाधार विकासमा गरिने लगानीको स्रोत नखोज्ने निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय समुदायले कालो सूचीमा राख्न खतरा रहेको भन्दै एमालेले केन्द्रीय कमिटी बैठकबाट विरोध गर्दै विशेष प्रस्ताव पारित गरेको थियो । 

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक असोज २२ गते सम्मको लागि स्थगित भएको छ । माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुख सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्