२२ असार २०८३, सोमबार

सेल्स बेरीलाई प्रशासनले गर्‍यो ५० हजार जरिवाना

असोज २५, २०७८
सेल्स बेरीलाई प्रशासनले गर्‍यो ५० हजार जरिवाना
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दशैंलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा सोमवार सातदोबाटोस्थित सेल्स बेरीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने समस्या बढेसँगै गरेको अनुगमनका क्रममा बोरीलाई ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएकोे जानकारी गराइएको छ । 

बस्नेत नेतृत्व टोलीले ललितपुरमा असोज ७ गतेदेखि पटक–पटक बजार अनुगमन गरिरहेको छ । यसअघिका अनुगमनमा टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल १ लाख ३५ हजार ५०० तिराइसकेको बताएको छ । बस्नेतसँगै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्