यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाव

यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाव
प्रतिकात्मक तस्वीर

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले बिहीवार यमनको आन्तरिक राजनीतिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् ।


Advertisement

संटकको समाधान राजनीतिक रूपमा खोजिनुपर्ने उनले बताएका हुन् ।


Advertisement

राजनीतिक शक्तिका बीचमा एक किसिमको बृहत् राजनीतिक सहमतिका आधारमा यस्तो समाधान निकाल्नुपर्नेमा उनले जोड दिए ।

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत ग्रन्डबर्गले यसका लागि सबै प्रकारका राजनीतिक शक्तिका साथै राजनीतिक दलहरूबीच पनि बृहत् राजनीतिक सहमति हुनु जरुरी रहेको बताए । ‘यसरी निकालिएको राजनीतिक समाधानले मात्र समस्याको दीगो समाधान हुनेछ र आर्थिक, सांस्कृतिक पुनःस्थापनाका लागि सहयोग पुग्नेछ,’ उनले भने ।


Advertisement

यमनमा विगतका केही वर्षहरूदेखि राजनीतिक हिंसा जारी रहेको छ । यसबाट कैयौं नागरिकको ज्यान पनि गएको छ । यहाँको हिंसा अन्त्यका लागि शान्तिपूर्ण वार्ताको माध्यमबाट अघि बढ्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्