०२ साउन २०८३, शनिबार

ओरालोमा ब्रेक नलाग्दा सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाइते

ओरालोमा ब्रेक नलाग्दा सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाइते
तस्वीरः पत्रकार दिनेश थापा ।

सिन्धुपाल्चोकबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सुनकोशी गाउँपालिका–७, पाँचकिलो भन्ने ठाउँ नजिक दुर्घटना भएको छ । 

ब्रेक फेल भएर बा २ ख ३२६४ नम्बरको बस आइतवार दिउँसो सवा २ बजे दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

बसमा चालक, सहचालक गरी ३५ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी दक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार दुई जनाको अवस्था गम्भीर भएकाले धुलिखेल पठाइएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

‘रिजर्भमा जाँदै गरेको बस ओरालोमा ब्रेक नलागेका कारणले दुर्घटना भएको भन्ने छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्