२२ असार २०८३, सोमबार

टीकापुर घटनाका पीडितले न्याय पाउँछन्ः गृहमन्त्री

कात्तिक २०, २०७४
टीकापुर घटनाका पीडितले न्याय पाउँछन्ः गृहमन्त्री


टीकापुर ७ असार - गृहमन्त्री जर्नादन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताउनु भएको छ ।janardan-sharma1

नेकपा (माओवादी केन्द्र) कैलालीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा यहाँले टीकापुर घटनामा पीडित भएका सबैलाई न्याय दिइने बताउनुभयो । टीकापुर घटना सुनियोजित भएको बताउँदै गृहमन्त्री शर्माले त्यस घटनामा माओवादीलाई फसाउने प्रयास गरिएको उल्लेख गर्नुभयो ।

थारु र पहाडी समुदायलाई लडाउनका लागि टीकापुर घटना गराइएको दाबी गर्दै उहाँले अब त्यसलाई चुनावी माध्यमबाट चिर्न आवश्यक रहेको धारणा राख्नुभयो । “जनता र प्रहरीबीच खेलेर फाइदा उठाएका विभाजनकारीले घटना गराएका हुन”–उहाँले भन्नुभयो, “तर हाम्रो जनताप्रति लोकप्रियता बढेको देखेर केही दलले हाम्रो नाम मुछेका हुन ।”

salt training

कमेन्ट गर्नुहोस्