×

NMB BANK
NIC ASIA

चिनियाँ वेबसाइटको दाबी–चीनले सन् २०६० सम्ममा ६ वटा युद्ध गर्ने, गुमेका सबै भूभाग फिर्ता लिने

मंसिर २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१३ मा चिनियाँ वेबसाइट सोहुले प्रकाशन गरेको एउटा लेख दुई महिनाअघि चीनको सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

Muktinath Bank

उक्त लेखमा बेइजिङले आफ्ना छिमेकीहरूसँग पुरानो चोटको बदला लिने र गुमेका भूभागहरू फिर्ता लिने उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले ताइवान, भारत, जापान, फिलिपिन्स, भियतनाम लगायतसँग भूभागमा स्वामित्वको विषयमा विवाद गरिरहेकाले सोहुको उक्त आलेख अहिले पनि सान्दर्भिक देखिन्छ । 


Advertisment
Nabil box
Kumari

सोहु बेइजिङमा रहेको अन्लाइन मिडिया, सर्च इन्जिन र गेम सर्भिस कम्पनी हो । त्यसले चीन सरकारको प्रोपागान्डालाई वर्षौंदेखि प्रवर्धन गरिआएको छ । उक्त कम्पनीलाई बेइजिङमा सन् २००८ मा आयोजित ओलम्पिकको इन्टरनेट कन्टेन्ट सर्भिसको आधिकारिक प्रायोजक बनाइएको थियो । 

Vianet communication
Laxmi Bank

सोहुले प्रकाशन गरेको यो लेखमा चीनले सन् २०२० देखि २०६० सम्म अवश्यम्भावी युद्धहरू लड्नुपर्ने उल्लेख गरिएको छ । त्यसको रणनीति यसप्रकार छ ः

ताइवान (२०२०–२०२५)

ताइवानलाई मुख्यभूमि चीनसँग एकीकरणका लागि युद्ध आवश्यक रहेको भनी लेखले तर्क गरेको छ । सन् २०२० सम्म चीनले ताइवानलाई शान्तिपूर्ण एकीकरण गर्ने कि युद्ध रोज्ने भनी अन्तिम चेतावनी दिनुपर्ने त्यसमा उल्लेख छ । 

लेखकका अनुसार, ताइवानसँग चीनले पूर्णकालीन युद्ध गर्नुपर्ने हुन्छ । अमेरिका वा जापानले हस्तक्षेप नगर्ने हुनाले यो युद्ध चिनियाँ जनमुक्ति सेनाले तीन महिनामा सिध्याउनेछ । 

अमेरिका र जापानले हस्तक्षेप गरेमा युद्ध शायद सन् २०२५ सम्म तन्किनेछ र त्यतिखेरसम्म चिनियाँ सेना विजयी भइसक्छ ।

दक्षिण चीन सागर (२०२५–२०३०)

ताइवानमाथि विजय प्राप्त गरेपछि चीनले दुई वर्ष आराम गर्नेछ । त्यसपछि उसले दक्षिण चीन सागरमा स्प्राट्ली टापुसमूह वरपर रहेका मुलुकहरूलाई चेतावनी दिनेछ ।

सन् २०२८ सम्म यो अल्टिमेटम दिनु उपयुक्त हुने लेखमा उल्लेख गरिएको छ । त्यसपछि चीनले ती टापुसमूहमाथि पुनः विजय प्राप्त गर्नेछ । 

दक्षिणपूर्वी एसियाका मुलुकले यसमा न्यूनतम प्रतिकार गर्ने अपेक्षा छ तर उनीहरू ताइवानमा चीनले देखाएको शक्तिका कारण उनीहरू त्यतिखेरसम्म पनि काँपिरहेका हुन्छन् । 

ताइवानको पक्षमा हस्तक्षेप गर्दा कठिन पाठ पढेको अमेरिकाले चीनसँग भिडन्त गर्न आउने छैन तर फिलिपिन्स र भियतनाम जस्ता मुलुकलाई उकास्नेछ । 

यस्तो स्थिति आएमा बेइजिङले भियतनामविरुद्ध युद्धको घोषणा गर्नु सर्वोत्तम विकल्प भएको लेखमा उल्लेख गरिएको छ । भियतनामलाई हराएर स्प्राट्ली टापुसमूहका अन्य मुलुकलाई आत्मसमर्पण गर्न बाध्य पारिनेछ । 

त्यसैले सन् २०३० सम्ममा चीनले सफलतापूर्वक प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्नेछ । युद्धपछि चीनले दक्षिणपूर्वी एसियामा बेखुशी भए पनि साझेदार प्राप्त गर्नेछ । 

दक्षिण तिब्बत (२०३५–२०४०)

त्यसपछि चीन तेस्रो युद्धमा प्रवेश गर्नेछ । दक्षिण तिब्बतलाई पुनः हात पार्न उसले युद्ध गर्नेछ । अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ । 

भारतलाई टुक्राटुक्रा बनाउनका लागि भड्काउने रणनीति सबभन्दा उपयुक्त हुने सुझाव लेखले दिएको छ । त्यसले काम नगरेमा दोस्रो विकल्पका रूपमा कश्मीरका लागि भारत र पाकिस्तानलाई लडाउने अनि भारतको ध्यान त्यता एकत्रित भएको बेलामा दक्षिण तिब्बत पार्ने काम गरिनेछ । 

दियाओयु टापुसमूह (२०४०–२०४५)

चौथो युद्ध दियाओयु वा सेन्काकु टापुसमूहको एकीकरण हो । जापानले ओकिनावा र चीनले र्‍युक्यु भन्ने टापुसमूहलाई पनि एकीकरण गर्ने चीनको चाहना छ । 

चीनले ती टापुसमूहमा आक्रमण गर्ने अनि अमेरिका, युरोप र रुसले चुपचाप हेर्ने लेखमा उल्लेख छ । युद्ध ६ महिनामा सकिनेछ र चीनले प्रचण्ड विजय प्राप्त गर्नेछ । 

आउटर मंगोलिया (२०४५–२०५०) 

पाँचौं युद्ध आउटर मंगोलियामा गरिनेछ । सन् २०४५ सम्ममा चीनको शक्ति अपराजेय बनेपछि अल्मिेटम दिएर वा नदिएर युद्ध गरिनेछ । सन् २०५० सम्ममा चीन विजयी भइसक्ने आत्मविश्वास लेखमा छ । 

रुस (२०५०–२०६०)

चीनले अन्तिम युद्ध रुसविरुद्ध लड्नेछ । लज्जाको शताब्दीमा चीनका जमीनमा रुसले कब्जा जमाएको र रुसले त्यसको दण्ड भोग्नुपर्ने चीनको सोच छ ।

रुस जस्तो शक्तिशाली आणविक र सैन्य शक्तिविरुद्धको युद्धमा पनि चिनियाँ जनमुक्ति सेना विजयी हुने लेखले विश्वास लिएको छ । 

यस्ता किसिमका प्रोपागान्डाहरू चीनको साइबरस्पेसमा आइरहने गरेका छन् । चिनियाँहरूमा राष्ट्रवादी भावना चर्काउन अनि देशको सैन्यशक्तिमाथिको विश्वास सुदृढ पार्न यस्ता लेखहरू आउने गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x