२२ असार २०८३, सोमबार

मोदी सरकार अमेरिकाको गुलाम बनेको भन्दै मणिशंकर अय्यरले गरे आलोचना

मंसिर ८, २०७८
मोदी सरकार अमेरिकाको गुलाम बनेको भन्दै मणिशंकर अय्यरले गरे आलोचना

भारतको विपक्षी दल कांग्रेसका नेता मणिशंकर अय्यरले मोदी सरकारको परराष्ट्रनीतिको आलोचना गरेका छन् । 

सन् २०१४ पछि रुससँग भारतको सम्बन्धमा चोट पुगेको अय्यरले बताए । विगत सात वर्षमा भारत अमेरिकाको गुलाम बनेको अनि चीनबाट बचाउन अमेरिकालाई गुहारिरहेको अय्यरको भनाइ छ । 

इन्डो रसिया फ्रेन्डशिप सोसाइटीको एक कार्यक्रममा भाग लिन पुगेका अय्यरले सन् २०१४ पछि भारतको परराष्ट्रनीति बदलिएको बताए । उनले भने, ‘विगत सात वर्षमा असंलग्नताको कुरै सुनिन छोडेको छ । शान्तिको पनि कुरा हुँदैन ।’

भारत र रुसको सम्बन्धको बदलिँदो समीकरणका विषयमा पनि पूर्वमन्त्री अय्यरले धारणा राखे । प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा रुससँग भारतको सम्बन्ध चिसिएको उनको भनाइ छ । भारतलाई कठिन समयमा साथ दिएको रुससँग भारतले सम्बन्ध सुधानुपर्ने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्