×

NMB BANK
NIC ASIA

एमालेको अतिथि बन्न प्रचण्ड चितवन नजाने, भोलि काभ्रेको कार्यक्रममा व्यस्त

मंसिर ९, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको अतिथि बन्न चितवन नजाने भएका छन् । 

Muktinath Bank

एमालेले प्रचण्डलाई महाधिवेशनको उद्घाटन समारोहमा अतिथिको रूपमा निम्ता गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर प्रचण्ड भोलि मंसिर १० गते काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाने भएका छन् । 


Advertisment
Nabil box
Kumari

एमालेको निम्तो मानेर प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेता एमाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने निश्चित भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । 

Vianet communication

तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आउने/नआउने निश्चित नभएको एमालेले बताएको छ । ‘हामीले उहाँलाई निम्ता गरेका छौं । चितवन उहाँको निर्वाचन क्षेत्र भएको जिल्ला पनि हो । उहाँ आउनुहोला भन्ने अपेक्षा गरेका छौं,’ भट्टराईले भने । 

तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन काभ्रे जाने भएका छन् । खानीखोला गाउँपालिकाको ताल्ढुंगामा मंसिर १० गते अपराह्न साढे १२ बजे प्रचण्डले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी स्रोतले बताएको छ । 

यता एमालेको दशौं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२ बजे उद्घाटन गर्दैछन् । 

एमालेले नेकपा एकीकृत समाजवादी पार्टीबाहेक अन्य सबै राजनीतिक दलका शीर्ष नेतालाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिको रूपमा सहभागी हुन निमन्त्रणा गरेको एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x