जेठ ४, २०७९
काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह प्रतिनिधिको रूपमा ललितपुर महानगरको मतगणनास्थल पुगेका छन् । काठमाडौं महानगरको मगणनामा अग्रता कायम गरेका बालेन्द्र साहले ललितपुरका मेयरका उम्मेद...
काठमाडाैं | मंसिर २३, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन् ।
बिहीवार काठमाडौंमा आयोजित सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद्युत्को खपत बढाउनुपर्ने पनि बताइन् ।
उनले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा पुगेको बताइन् । मन्त्री भुसालले जनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत् उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।
उनले महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताइन् । मन्त्री भुसालले उपभोक्ता महासंघले अब नयाँपन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत् खपत गराउने र सबै ऊर्जामा विद्युतीय ऊर्जा उपयोग गर्ने अभियानका रूपमा रूपान्तरण गर्दै लैजानुपर्ने बताइन् ।
मन्त्री भुसालले भनिन्, ‘सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले हामी अब घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा छौं । अहिले एकातिर हामी आमजनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति छ । त्यसमा सामुदायिक विद्युत् उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ । जहाँ केन्द्रिय प्रसारण लाइन पुग्ने छैन, त्यहाँ सामुदायिक विद्युत् उपभोक्ता महासंघमार्फन् त्यो अभियान पूरा गर्नेछौं । अब फेरि हामी नयाँ ठाउँमा आएका छौं । यो अधिवेशनले त्यो कुरालाई आफ्नो नीति कुरामा ध्यानमा राखोस् । अब हामी ऊर्जाका सबै क्षेत्रमा जलविद्युत् उत्पादन गर्ने अभियानलाई अघि बढाउनुपर्छ । यो उपभोक्ता महासंघको अब नयाँपन र औचित्यता बढीभन्दा बढी विद्युत् खपत गराउने र सबै ऊर्जामा विद्युतीय ऊर्जा उपयोग गर्ने अभियानका रूपमा यसले आफूलाई रूपान्तरण गरोस् । एउटा बेलाको एउटा आवश्यक्ता पूरा गरेर हामीले सधैं त्यसैमा रहन सक्यौं भने हामी राम्रो स्तरमा हुन्छौं । अहिलेको विद्युत्को कुरा गर्दा अग्रगमन भनेको ऊर्जाका सबै चाहे घरेलु होस्, चाहे उद्योग होस् । चाहे कृषि वा सिँचाइ होस् । वा यातायातमा होस् । सबै ठाउँमा विद्युतीय साधनहरू र विद्युत्को खपत गर्ने कुरालाई अभियानको रूपमा यहाँहरूले बढाउनुहुनेछ । सरकार, नेपाल विद्युत् प्राधिकरण, सामुदायिक विद्युत् उपभोक्ता महासंघसित साझेदारी, सहकार्य गरेर जानेछ र त्यसमा के–के सामञ्जस्यता, सहुलियतहरू बढाएर त्यो अभियानको निम्ति जानुपर्छ । मन्त्रालय, सरकार र प्राधिकरण सकारात्मक रहेको विश्वास दिन चाहन्छु ।’
काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह प्रतिनिधिको रूपमा ललितपुर महानगरको मतगणनास्थल पुगेका छन् । काठमाडौं महानगरको मगणनामा अग्रता कायम गरेका बालेन्द्र साहले ललितपुरका मेयरका उम्मेद...
पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षकै एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि...
रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् । नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरूङ निर्वाचित भएका हुन् । खरेलले कांग्रेसका निवर्तमान मेयरसमेत रहेका गठ...
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् । ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी न...
जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा राजनीतिक दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर श...
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको मत १७ हजार नजिक पुगेको छ । ४२ हजार ९४८ मत गन्दा बालेनले १६ हजार ७७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका क...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...