नबिल फेलोसिप कार्यक्रमअन्तर्गत नबिल बैंकले काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।
यो कार्यक्रम आवासीय तालिममा आधारित भएको बैंकले जनाएको छ । यसमा एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० जनालाई सहभागी गराई ६ महिनासम्म तालिम दिइन्छ ।
‘यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ,’ बैंकले भनेको छ, ‘यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरूलाई उद्यमशीलताको तालिम दिइने छ ।’
तालिम अवधिभर खाने बस्ने सुविधा उपलब्ध हुने बैंकको भनाइ छ ।
सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू यो कार्यक्रममा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।
