२२ असार २०८३, सोमबार

गठबन्धन तोडिए एमसीसी पास गर्न सहयोग गर्ने ओलीले खुलेआम तर्क दिइरहेको प्रचण्डको दाबी

गठबन्धन तोडिए एमसीसी पास गर्न सहयोग गर्ने ओलीले खुलेआम तर्क दिइरहेको प्रचण्डको दाबी

तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबीसमेत गरे । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् । 

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन् । 

उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म तथा भावना विपरीत नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे । अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र विरोधी भएको पुष्टि हुने बताए । 

‘अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने कसो अस्ति नेपाली कांग्रेसको महाधिवेशनमा आउनुहुन्न कि भनेको आउनु भयो । नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने । यो भन्दा अराजनीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र अरू केही हुन्छ ?,’ उनले भने ।

अध्यक्ष दाहालले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए । उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबीसमेत गरे । अध्यक्ष दाहालले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरू पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे । 

‘उहाँ (ओली) प्रतिगमनकारी तरिकाले अघि बढ्नुहुन्छ भने हामी संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर अरू शक्तिलाई पनि आफ्नो वरिपरि गोलबन्दी गरेर प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्ने गरी प्रस्तुत हुन्छौँ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्