
जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी सालुको प्रहरी टोलीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका-४, सालु च्याउकेठाँटी बस्ने वर्ष २६ का मनोज थापा र वर्ष २१ का अशोक थापा रहेका छन् ।
प्रहरीले घरमा सालकको खपटा लुकाई राखेको अवस्थामा थापाद्वयलाई मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
उनीहरूको साथबाट ३६६ ग्राम सालकको खपटा बरामद भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले जानकारी दिए ।
आवश्यक कारवाहीको लागि उनीहरूलाई चिसापानी सबडिभिजन वन कार्यालय मन्थली पठाइएको ढुंगानाले बताए ।