
बागमती प्रदेश सभाको बिहीवारको बैठक पनि अवरुद्ध भएको छ ।
प्रदेश सभाको बिहीवारको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेश गर्न लाग्दा नेकपा एमालेका प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधवारको बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए ।
त्यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताए । बिहीवारको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।