×

NIC ASIA

रानीपोखरी पुनर्निर्माण प्राधिकरणबाट काठमाडौं महानगरपालिकाको स्वामित्वमा हस्तान्तरण

पुस ८, २०७८

Prabhu Bank
NTC
Premier Steels

रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

Muktinath Bank

बिहीवार रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वामित्व हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैंले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणको जिम्मेवारी दिएको बताए ।


Advertisment
Nabil box
Kumari

‘रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै  महानगरपालिका आफैंले शुरू गरेको थियो । ०७४ सालमा आएपछि हामीलाई आरोप–प्रत्यारोप गर्ने काम भयो । मेयरले रानीपोखरी बेचेर खायो भन्ने आरोप पनि आयो,’ प्रमुख शाक्यले भने, ‘त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई बोलाएर तपाईं यो विवादमा नफस्नुहोस् । अरु काममा लाग्नुहोस् । यसको पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिऔं भन्नुभयो ।’

Vianet communication

शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको बताए । ‘त्यतिबेला पनि मैले प्रधानमन्त्रीज्यूलाई रानीपोखरीको डिजाइन तयारी अवस्थामा छ । त्यही अनुसार बनाऔं भनेको थिएँ । त्यो अनुसार हुन्छ भने मात्रै सहमति जनाउँछु भनेको थिएँ,’ प्रमुख शाक्यले भने, ‘हामी भनेअनुसार नै काम गर्ने भनेपछि मैले त्यो प्रस्ताव कार्यपालिकामा राखेको थिएँ । केही साथीहरूले हामी आफैं बनाऔं पनि भन्नुभएको थियो । त्यतिबेला नै पुनर्निर्माणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्ने भन्ने सहमति भएको थियो । अहिले जुन रानीपोखरी बनेको छ, त्यो हाम्रो डिजाइन र शर्त अनुसार नै बनेको छ ।’

शाक्यले काठमाडौं महानगरपालिकाको वडा १, २७ र २८ का अध्यक्षको अनुगमन समिति बनाएर काम अघि बढाएको पनि जानकारी दिए । ‘महानगरपालिकाकै सल्लाह अनुसार अजय स्थापितको नेतृत्वमा उपभोक्ता समिति बनाएर पुनर्निर्माण सम्पन्न गरेको हो,’ उनले भने, ‘शुरूमा ५ जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौं महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा १, २८ र २७ का अध्यक्षहरूको समिति बनाएको थियो ।’

शाक्यले मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्विक महत्त्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (खिशर) शैलीमै पुनर्निर्माण गरेको जानकारी दिए । ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौं महानगरपालिका हो,’ उनले भने, ‘हामीले एउटा पुरानो तस्वीर फेला पारेपछि शिखर शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेका थियौं । लामो समय त्यो विषय विवादमा रह्यो । सबैको सल्लाह–सुझावअनुसार अन्तिममा त्यही शैली र स्वरूपमा पुननिर्माण गर्न सफल भएका छौं । यो गौरवको कुरा हो ।’ 

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौं महानगरपालिका र सबैको पहलमा पुनर्निर्माण सम्पन्न हुनु गौरवको कुरा भएको पनि बताए । ‘काठमाडौं महानगरपालिकाले शुरूमा विज्ञ समूह बनाएर उनीहरूकै रायसुझाव अनुसार प्रताप मल्लकालीन स्वरूप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको स्मरण पनि गराए ।

उनले रानीपोखरीलाई सौदर्यीकरण गर्ने विषयलाई पनि भ्रम छर्ने काम भएको स्मरण गराउँदै सबैको भ्रम चिरेर अघि बढेको स्मरण गराए । ‘यो अहिले महानगरपालिकाको स्वामित्वमा आएको छ,’ उनले भने, ‘यो महागरपालिकाको मात्रै सम्पत्ति होइन, राष्ट्रको सम्पत्तिको हो । सबैले यसको संरक्षण गर्नुपर्छ ।’

राष्ट्रपति विद्यादेवी भणडारीबाट शिलान्यास भएको रानीपोखरी केही समयअघि उद्घाटन भएको थियो । ऐतिहासिक मात्रै होइन, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी विश्वका लागि पनि उदाहरणीय पोखरी भएको भन्दै शाक्यले पोखरी पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण हुँदा आनन्दित भएको बताए । 

शाक्यले करीब ३६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनर्निर्माण गर्ने काम चुनौतीपूर्ण भएको बताए ।

रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ फागुन २० गतेबाट पुनर्निर्माणको काम शुरू भएको थियो ।  पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पनि काम प्राधिकरणले गरे पनि काठमाडौं महानगरपालिकाकै सल्लाह अनुसार काम गरेको जानकारी दिए ।

‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले प्राधिकरणले काम गर्‍यो भनेर दुःख मान्नुपर्दैन,’ ज्ञवालीले भने, ‘महानगरपालिकासँग सरसल्लाह अनुसार नै बनाएको हो ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले सकेसम्म महानगरपालिकाले नै पुर्ननिर्माण गर्न पाएको भए हुने भन्दै प्राधिकरणले पुनर्निर्माण सम्पन्न गरेर बिहीवार हस्तान्तरण गर्दा खुशी लागेको बताइन् । पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र पहिलो चरण अन्तर्गत नै सौदर्यीकरण, बालगोपालेश्वर मन्दिर निर्माण, पुल निर्माण लगायतका लागि १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x