२१ असार २०८३, आइतबार

कांग्रेस, एमाले र माओवादी जनतामा मुख देखाउन लायक छैनन्– राप्रपा अध्यक्ष लिङ्देन

कांग्रेस, एमाले र माओवादी जनतामा मुख देखाउन लायक छैनन्– राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् ।

बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रूपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन् ।

राप्रपाले विगतमा ठीक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरू आकारको हिसाबले ठूलो भएको उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमी कमजोरी नगर्ने बताए ।

उनले भने– ‘हिजो कुनै कालखण्डमा हामीले ठीक ढंगले जनतालाई बुझाउन नसक्दा उनीहरूले ठूलो पार्टी हुने मौका पाए । अहिले देशलाई शिरमा बोकेर, धर्मलाई शिरमा बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी जनताले खोजिराखेको पार्टीको रूपमा छ । हाम्रो तर्फबाट, नेतृत्वको तर्फबाट कुनै पनि प्रकारको कमी, कमजोरीहरू हुँदैन । तपाईंहरूको शिर झुक्ने खालको कुनैपनि क्रियाकलाप हाम्रो तर्फबाट हुँदैन ।’

उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरूलाई राप्रपामा आउन आह्वान गरे ।

राप्रपामा आउने सबैलाई योग्यता, क्षमता अनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको आश्वासन थियो ।

विगतमा भएका मानिसहरू मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङ्देनले अन्य पार्टीबाट ल्याएर जिम्मेवारी दिन नसके पार्टी ठूलो नहुने उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्