×

NMB BANK
NIC ASIA

१४ औं महाधिवेशनपछिको कांग्रेस

कांग्रेसभित्र जसको राजनीतिक दोकान बन्द भयो

पुस २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

१४औं महाधिवेशनपछि कांग्रेसको शक्ति केन्द्र फेरबदल भएको छ । लामो समय पार्टीको विपक्षी शक्ति केन्द्रमा रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सुजाता कोइरालाहरू किनारामा धकेलिएका छन् ।

Muktinath Bank

१३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महामन्त्री बनेका शशांक कोइराला एक कार्यकालपछि नै पार्टीमा प्रभावहीन बनेका छन् । उनी अहिले केन्द्रीय सदस्य त बनेका छन् तर, पार्टीमा उनको कुनै पकड छैन ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशील कोइरालाको निधनपछि पार्टीको कार्यवाहक सभापतिसम्म बनेका पौडेल अहिले पार्टी सभापतिले लाएअह्राएको काम गर्ने नेताको भूमिकामा सीमित बनेका छन् ।


Advertisment
Nabil box
Kumari

सुशील कोइरालाले महामन्त्रीसम्म बनाएका प्रकाशमान सिंह पार्टीमा गणेशमान सिंहको लिगेसी बेचिरहेका थिए । महाधिवेशनअघि संस्थापनइतर समूहमा रहेर सभापति देउवा र उनको टीमको निरन्तर उछितो काढेका सिंह महाधिवेशनमा संस्थापन समूहसँगै सहकार्यमा लागे ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री देउवाले उपयुक्त समयमा उपप्रधानमन्त्री बनाउने आश्वासन दिएको र शक्तिमा रहिरहने लोभमा उनी संस्थापन समूहलाई सघाउन पुगेको कांग्रेसकै नेताहरू बताउँछन् । 

गिरिजाप्रसाद कोइरालाको छोरीको रूपमा कांग्रेसमा हैकम कायम गरेकी सुजाता १४ औं महाधिवेशनमा प्रकाशनमानको खेमाबाट उपसभापतिको उम्मेदवार बनेकी थिइन् । सधैँ शक्तिकेन्द्र नजिक रहेकी कोइराला पनि महाधिवेशनपछि पार्टीमा किनारकृत भएकी छन् ।

आश्वासन बाँड्न र व्यक्तिलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न शेरबहादुर देउवा चतुर छन् । महाधिवेशनको क्रममा पनि उनले त्यही चतुर्‍याइँ प्रयोग गरेका थिए । 

यी चारै नेता १४औं महाधिवेशनअघि संस्थापनइतर खेमामा गोलबन्द थिए । महाधिवेशनमा उनीहरूको भूमिकाका कारण अहिले पार्टीमा क्रमशः एक्लिँदै गएको कांग्रेसकै नेताहरू बताउँछन् । 

महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका एक नेता भन्छन्, ‘उनीहरू कहिल्यै सत्ताभन्दा बाहिर बस्न सक्ने व्यक्ति होइनन् । रामचन्द्र पौडेल त जीवनभर सत्ताकै लागि मात्रै बाँचेको जस्तो देखियो । सुजाता पनि लामो समय सत्तामै रहेकी व्यक्ति हुन् । अब पनि सत्ता शेरबहादुरसँगै हुन्छ भन्ने भएपछि अरू सबै कुरा बिर्सिएर सत्तासँग टाँसिन गएका हुन् ।’ 

प्रदेशमा मन्त्री पाएको र केन्द्रमा पनि उनीहरूलाई विशेष सम्बोधन हुने आश्वासन पाएपछि रामचन्द्र र प्रकाशमान संस्थापनतिर लागेको ती नेताले बताए । 

‘पन्ध्रौँ महाधिवेशनपछि त उनीहरू केन्द्रीय कमिटीमै रहनुहुन्न । अहिले अवसर पाउने भएपछि किन सुविधा नलिने भन्ने लागेको पनि हुन सक्छ,’ ती नेताले भने । 

आश्वासन बाँड्न र व्यक्तिलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न शेरबहादुर देउवा चतुर छन् । महाधिवेशनको क्रममा पनि उनले त्यही चतुर्‍याइँ प्रयोग गरेका थिए । 

शेखर कोइरालाबाहेक सबै सभापतिका उम्मेदवारले दोस्रो चरणमा देउवालाई नै समर्थन गरेका थिए । त्यसक्रममा कतिपयले शक्ति र सुविधाको ‘बार्गेनिङ’ गरेको आरोपसमेत लागेको थियो । प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीको ‘अफर’ आएको भन्ने चर्चा हुन थालेपछि आफूले त्यस्तो ‘बार्गेनिङ’ नगरेको भनेर उनले प्रस्टीकरण नै दिनुपरेको थियो । 

कांग्रेसमा संस्थापनइतरको खेमा बनेको कोइराला समूहले बैठक नै बसेर महाधिवेशनमा रामचन्द्र पौडेल र शशांक कोइरालाले असहयोग गरेको निष्कर्ष निकालेको छ । 

१५ औं महाधिवेशनसम्म संस्थापनइतर खेमाको शसक्त नेतृत्व गर्ने र पुनः पार्टी सभापतिको उम्मेदवार बन्ने रणनीतिमा शेखर कोइराला छन् । उनले केही दिनअघि बसेरा बुटिक होटलमा आफू पक्षका उम्मेदवारहरूको भेला गरेर यो सन्देश दिइसकेका छन् ।

उक्त भेलाबाटै उनीहरूको खेमाबाट रामचन्द्र पौडेल र शशांक कोइराला ‘आउट’ भएको सन्देश उनले दिइसकेका छन् । प्रकाशमान सिंह र सुजाता कोइरालाले महाधिवेशनमा संस्थापन समूहलाई नै सघाएका कारण उनीहरू त्यसैबेलादेखि शेखर खेमाबाट बाहिरिएका थिए । 

‘रामचन्द्र पौडेल आफ्नो घर जलाएर त्यही खरानी घसेर शेरबहादुरको शरणमा गएका हुन् । उनीहरू अब स्पष्ट रूपमा रिङ आउट भएका छन् । शेरबहादुर देउवाले जुनसुकै बेला ‘किक आउट’ गर्न सक्छन् ।’

‘अबको पाँच वर्ष पार्टीमा सभापतिका रूपमा देउवा र निकटकतम प्रतिद्वन्द्वीको रूपमा शेखर नै पावर सेन्टर हुन्,’ पदाधिकारी तहमा उम्मेदवार बनेका एक नेताले भने, ‘पार्टीको शक्ति यी दुईले उपयोग गर्ने हुन् । रामचन्द्र, प्रकाशमान, शशांक र सुजाता सभापतिका सामान्य सहयोगी मात्रै हुन् ।’

आगामी स्थानीय तहको चुनाव र संसदीय चुनावमा ती चार नेताको भूमिका खुम्चिएको स्पष्ट देखिने उनले बताए ।

‘रामचन्द्र पौडेल आफ्नो घर जलाएर त्यही खरानी घसेर शेरबहादुरको शरणमा गएका हुन् । उनीहरू अब स्पष्ट रूपमा रिङ आउट भएका छन् । शेरबहादुर देउवाले जुनसुकै बेला ‘किक आउट’ गर्न सक्छन्,’ कांग्रेसका एक नेताको विश्लेषण छ । 

उनीहरूको पछाडि कुनै शक्ति नै नभएकाले पार्टीमा एक्लो नेताको भूमिका मात्रै भएको नेता कार्यकर्ताको विश्लेषण छ ।

तर, रामचन्द्रदेखि प्रकाशमानसम्म कांग्रेसको ‘पावर सेन्टर’ परिवर्तन भएको कुरा मान्न तयार छैनन् । आफूहरू अघि लाग्दा शेखरको पावर सेन्टर बाँकी नरहने विश्लेषण उनीहरूको छ । तर, शेखर समूह भने यो मान्न तयार छैन । 

शेखर समूहका एक नेताले भने, ‘ती चार जना नेताहरू त रेलबाट छुटिसके । अब रेलमा नयाँ व्यक्ति चढ्छ । उनीहरू पार्टीभित्र र बाहिर दुवैतिर अलोकप्रिय भइसके । १५ औं महाधिवेशनपछि रिटायर्ड हुने हो ।’ 

उनीहरूले संस्थापन क्याम्प छाडेर शेखर समूहमा फर्किए भने सहकार्य हुन्छ कि हुँदैनन् भन्ने प्रश्नमा एक नेताले अब पछाडि फर्कन नसक्ने जवाफ दिए । 

उनले भने, ‘महाविधेशनमा युवाहरूलाई समेट्ने प्रयास गर्‍यौं । विश्वप्रकाश, चित्रलेखा र प्रदीप पौडेललाई समेट्न सकेको भए त सभापतिको निर्वाचन दोस्रो राउण्डमा नै नपुग्ने रहेछ । तर, उनीहरूले अल्झाएर नै अल्झिएको हो । प्रयास त गरेको हो नि । तर, पछि प्रदीप अर्कोतिर गए ।’

आगामी दिनमा संस्थापनइतरमा सहकार्य हुन नसक्ने कुरालाई प्रस्ट्याउँदै ती नेताले भने, ‘पब्लिक इमेज राम्रो छैन । उनीहरू मिलेर मुलुकको यो हालत बनाए । अब पछाडि फर्कने अवस्था नै छैन । अगाडि बढ्ने हो । उनीहरू धेरै पछि छुटिसके । रामचन्द्र, प्रकाशमानको दोकान त बन्द भएको छ । अब बजारमा व्यापारीले दुई वटा किन्दा एउटा लैजाउ भन्नेजस्तो अवस्थामा उनीहरू छन् ।’

प्रदेश सभाका सभापतिको उम्मेदवार बनेका एक नेताले कांग्रेसमा रामचन्द्र, प्रकाशमान, शशांक र सुजाता नेताको रूपमा मात्रै रहने तर, पार्टी चलाउने कुरामा भूमिकाविहीन भएको बताए । 

‘पार्टी चलाउने कुरामा सभापतिले निकटतम प्रतिद्वन्द्वीसँग परामर्श गर्नुपर्छ । उनीहरू त वैधानिकरूपमा संस्थापन पक्षका भइसके । बार्गेनिङ गर्ने ठाउँमा हुनुहुन्न,’ ती नेताले भने, ‘महाधिवेशनको क्रममा अस्पष्ट भूमिका हुनु नै संस्थापनलाई सघाउनु भयो भन्ने हाम्रो निष्कर्ष छ । अब हाम्रो सहकार्य उनीहरूसँग छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x