२२ जेठ २०८३, शुक्रबार

पर्सा प्रहरीका लेखापाल र सुबेदार मेजरबीच कुटाकुट भएपछि...

पर्सा प्रहरीका लेखापाल र सुबेदार मेजरबीच कुटाकुट भएपछि...

जिल्ला प्रहरी कार्यालय पर्साका लेखापाल र सुबेदार मेजरबीच कुटाकुट भएको छ । 

कुटाकुटपछि उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको छ । 

प्रहरी कार्यालय परिसरभित्र लेखापाल कुमार सेडाइ र सुबेदार मेजर कुलबहादुर कुवँरबीच कुटाकुट भएको हो । कुटाकुटपछि उनीहरू रक्ताम्य भएका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालयले आफ्नै कर्मचारीलाई हिरासतका राखेर अनुसन्धान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार वान टन गाडी खरीदका विषयमा झगडा भएको थियो । 

‘उहाँहरूबीच हल्का डिस्कस भएको हो,  हामीले विभागीय कारवाही गर्ने तयारी गरेका छौं,’ प्रवक्ता खनालले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्