जेठ ४, २०७९
मोरङको लेटाङ नगरपालिकामा एमालेले मेयर-उपमेयर नै जितेको छ । मेयरमा भुपेन्द्र लावतीले १० हजार २२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत मात्रै ल्याएका छ...
काठमाडाैं | माघ ११, २०७८
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मौनता र शालिनतालाई कमजोरी ठान्ने पार्टीभित्र र बाहिरकालाई देखेर दया लाग्ने टिप्पणी गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले नेतृत्वको आलोचना गरिरहेको बेला लिङ्देनले यस्तो जवाफ फर्काएका हुन् ।
‘हाम्रो मौनता,शालीनतालाई कमजोरी ठान्नेभित्र बाहिरका दुवै थरीलाई देखेर दया लाग्छ’, उनले ट्वीटरमा भनेका छन्, ‘कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढ्छ ।’
उनले अब राप्रपालाई असफल हुने सुविधा नभएको पनि बताएका छन् ।
पार्टी अध्यक्षमा पराजित भएपछि कमल थापाले निर्मल निवास र लिङ्देनको आलोचना गर्दै आएका छन् भने निर्वाचनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न माग गर्दै आएका छन् । कमल थापा चुनावपछि पार्टीको सामूहिक गतिविधिमा छैनन् ।
केही दिनअघि मात्रै निर्वाचन आयोगले पठाएको पत्रबारे टिप्पणी गर्दै थापाले नेतृत्वको क्षमतामाथि प्रश्न उठाएका थिए ।
मोरङको लेटाङ नगरपालिकामा एमालेले मेयर-उपमेयर नै जितेको छ । मेयरमा भुपेन्द्र लावतीले १० हजार २२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत मात्रै ल्याएका छ...
काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले १५ हजार ६७३ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा १० हजार ६५८ मतले बढी हो । श्रे...
विराटनगर महानगरपालिकामा हालसम्म ४४ हजार ५६८ मत गणना भइसकेको छ । गणना भएकोमध्ये कांग्रेसका नागेश कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् । कोइरालाले १४ हजार ६१ मत ल्याउँदा एमालेका सागर थापा...
विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यलाल यादव ५९ मतले विजयी भएका छन् । बुधवार बिहान सार्वजनिक मत परिणामअनुसार यादव ६२८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।&nb...
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ४२ हजार २६९ मत गन्दा बालेनले १६ हजार ५३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका के...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले अग्रता बढाएको छ । मतगणनामा तीन दिनसम्म कांग्रेसले अग्रता लिएकोमा बुधवार एमालेले अग्रता बनाएको हो । बुधवारको पछिल्लो अपडेटमा ६२५ मतको अग्रतासहित बा...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...