×

NMB BANK
NIC ASIA

ब्रिटिस कलेजद्वारा दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

माघ १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ। द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो।

Muktinath Bank

ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उद्देश्यका साथ योग्य स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छात्रवृत्तिबाट सम्मानित भएसँगै अब दुबै जना विद्यार्थीहरुले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन्। जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन्।


Advertisment
Nabil box
Kumari

छात्रवृत्तिबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै ढकालले भनिन्, ‘विश्वस्तरीय कलेजबाट छात्रवृत्ति पाएर सम्मानित हुन पाउँदा म साँच्चै खुसी छु। म जस्ता विद्यार्थीहरुमा सम्भावना देखेकोले टीबीसीप्रति कृतज्ञता व्यक्त गर्न चाहान्छु। अब म यो प्राप्त अवसरलाई सूचना प्रविधिको क्षेत्रमा नयाँ पुस्ताको सिर्जना गर्न सदुपयोग गर्न चाहान्छु।’

Vianet communication
Laxmi Bank

त्यस्तै, सम्मानित अर्का विद्यार्थी लामाले पनि उत्कृष्ट शिक्षा प्रदान गरिरहेको कलेजमा भर्ना हुन पाएकोमा खुसी व्यक्त गरिन्। ‘यस्तो प्रख्यात अन्तर्राष्ट्रिय कलेजमा भर्ना हुन पाउँदा म निकै कृतज्ञ छु र यो प्राप्त अवसरको सदुपयोग गर्नेछु।’ लामाले भनिन्।

कलेजका कार्यकारी प्रिन्सिपल मेरी बिशपले ओहे परिवारले ओएचसीटी छात्रवृत्ति प्रदान गरेकोमा खुसी व्यक्त गरेकी छिन्।

उनले भनिन्, ‘हामी ओएचसीटी छात्रवृत्तिको लागि फण्ड प्राप्त गर्न पाउँदा खुसी छौं। हामी हाम्रा पाठ्यक्रमहरु मार्फत नेपालमा सीपहरु विकास गर्न उत्साहित छौं र आवेदनहरूको संख्या र गुणस्तरबाट प्रभावित पनि भएका छौं। दावा लामा तामाङ र रोशना ढकाललाई हार्दिक बधाई तथा पढाइमा सफलताको कामना गर्दछौं।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x