×

NMB BANK
NIC ASIA

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पार्टी बैठकमा चर्काचर्की

फागुन १४, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ ।

Muktinath Bank

फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमा शुक्रवारदेखि शुरू भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।


Advertisment
Nabil box
Kumari

बैठकमा सहभागी एक नेताका अनुसार बैठक शुरू भएसँगै चर्काचर्की भएको हो । डा. भट्टराईले पार्टी विधानअनुसार सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषय पनि बैठकको एजेन्डा बनाउनुपर्ने अडान राखेका थिए तर अध्यक्ष यादवले सामूहिक र समानुपातिक नेतृत्वको विषय बैठकको एजेन्डा बनाउन नसकिने अडान राखेपछि करीब १ घण्टाको चर्काचर्कीसँगै यादव एजेन्डा बनाउन सहमत भएका थिए ।

Vianet communication
Laxmi Bank

यादव सामूहिक र समानुपातिक नेतृत्व प्रणालीलाई छलफलको एजेन्डा बनाउन सहमत भएपछि शुरू भएको बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले बताए ।

यही विषय उठाउँदै भट्टराईले बैठक बोलाउन माग गरेपछि यादव बैठक राख्न समेत सहमत थिएनन् । लामो समयपश्चात् बैठक राख्न सहमत भए पनि उनी बैठकको एजेन्डा बनाउन नहुने पक्षमा थिए ।

जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नामक दल महन्थ ठाकुर र राजेन्द्र महतोले गठन गरेपछि जसपामा एक अध्यक्ष रिक्त छ । ठाकुर र यादव २ जना जसपाको अध्यक्ष थिए । रिक्त एक अध्यक्षमा कसैलाई ल्याउन नहुने अडान यादवले राख्दै आएका छन् तर विधानअनुसार रिक्त अध्यक्षसहित कार्यकारिणी समितिको सदस्य समेत पूर्ति गर्नुपर्ने पक्षमा भट्टराई रहेका छन् ।

सामूहिक तथा समानुपातिक नेतृत्व प्रणालीको विषय बैठकको एजेन्डा बन्ने सहमतिसँगै अन्य एजेन्डा तय भएको हो । बैठकको शुरूमा भट्टराई र यादवले आफ्ना धारणा राखेपछि बैठक अन्य एजेन्डामा प्रवेश गरेको हो ।

बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता, एमसीसी सम्झौता, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समीतिका सदस्यहरुको जिम्मेवारी बाँडफाँट, पार्टी विधान सम्मेलन, सामूहिक र समानुपातिक नेतृत्व प्रणाली लगायतका एजेन्डामा छलफल शुरू भएको प्रवक्ता डम्बर खतिवडाले बताए ।

प्रवक्ता खतिवडाका अनुसार बैठकको पहिलो दिन स्थानीय निर्वाचन तथा पार्टी दर्ता विषयमा निर्णय भएको छ । बाँकी अन्य एजेन्डामा शनिवार पुनः छलफल हुने उनले बताए ।

जसपा कार्यकारिणी समितिका सदस्य रामनरेश यादवले एमसीसी सम्झौतालगायतका विषयमा शनिवार छलफल हुने बताए । कार्यकारिणी समितिका सबै सदस्यलाई सम्झौताको प्रतिलिपि अध्ययनका लागि दिएको बताउँदै उनले शनिवारको बैठकमा धारणा राखेपछि निर्णय हुने बताए ।

एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्नुपर्ने पक्षमा भट्टराई खुलेर लागेका छन् तर यादवले एमसीसी सम्झौता याथास्थितिमै संसद्बाट पारित गर्न नहुने अडानमा छन् । यस विषयमा समेत बैठकमा गम्भीर रूपमा छलफल हुने बताइएको छ ।

जसपाले अहिलेसम्म औपचारिक रूपमा पक्ष वा विपक्षमा उभिनेबारे निर्णय गर्न सकेको छैन । जसपाबाटै विभाजन भएर गठन भएको लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

जसपाको कार्यकारिणी समितिमा ३४ जना रहेका छन् । स्रोतका अनुसार बहुमत सदस्यले एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने पक्षमा आफ्नो धारणा राख्नेछन् । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x