२१ जेठ २०८३, बिहीबार

प्रतिबन्धित भारतीय नोटसहित २ थाई महिला पक्राउ

फागुन २७, २०७८
प्रतिबन्धित भारतीय नोटसहित २ थाई महिला पक्राउ

नेपालमा प्रतिबन्धित २ हजार र ५ सय दरको भारतीय नोटसहित २ जना थाई नागरिक पक्राउ परेका छन् ।

अवैध रूपमा लुकाई छिपाई लैजान लागेको २ हजार दरको ४ थान र ५ सय दरको ५७३ थान गरी २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँसहित थाई नागरिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ३२ वर्षीया वाङविसा जन्टासन र ४१ वर्षीया वारापर्न खुन्सोबट रहेका छन् ।

भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका उनीहरूलाई एक्सरे मेसिनमा प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारेको हो ।

उनीहरूमध्ये वाङविसासँग १ लाख ७९ हजार ५ सय तथा वारापर्नको साथबाट १ लाख १५ हजार भारतीय रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्