×

NMB BANK
NIC ASIA

चुनावी चर्चा

तुलसीपुर र घोराहीमा विरासत जोगाउन खोज्दै एमाले, माओवादीलाई कांग्रेसको भर !

चैत ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकमा लोकतन्त्र आएपछि दाङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको प्रभाव बराबरजस्तै थियो भने नेकपा एमाले केही कमजोर ।

Muktinath Bank

माओवादी शान्ति प्रक्रियामा आएपछि विक्रम संवत् २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङका ५ वटै निर्वाचन क्षेत्रमा माओवादीले ‘क्लीन स्वीप’ गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको ६ वर्षपछि फेरि विक्रम संवत् २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले ५ वटै क्षेत्र ‘क्लीन स्वीप’ गर्‍यो । २ वटा महत्त्वपूर्ण निर्वाचनमा २ दल आलोपालो जस्तै निर्वाचन जित्दा नेकपा एमालेले जिल्लामा एउटा क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाउन नसकेर ‘निल’ भयो ।


Advertisment
Nabil box
Kumari

२०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा एमालेले जिल्लामा आफ्नो अवस्थामा धेरै सुधार गर्‍यो । स्थानीय तह निर्वाचनमा दाङका १० स्थानीय तहमध्ये २ उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा एमालेले जीत निकाल्यो । कांग्रेसले ३ र माओवादीले १ पालिकामा चित बुझाए ।
 
फेरि २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेर निर्वाचनमा गए । प्रतिनिधि सभाका ५ वटा क्षेत्रबाट घटेर ३ निर्वाचन क्षेत्र बनेको दाङमा गठबन्धनको तर्फबाट तत्कालीन एमालेका हिराचन्द्र केसी, माओवादीबाट कृष्णबहादुर महरा र मेटमणि चौधरी निर्वाचित भए । केसी र मेटमणि एमालेबाट निर्वाचित भएर एमाले विभाजनपछि अहिले नेकपा एकीकृत समाजवादीमा लागेका छन् । 

Vianet communication
Laxmi Bank

क्षेत्र नम्बर १ बाट चौधरी, क्षेत्र नम्बर २ बाट महरा र क्षेत्र नम्बर ३ बाट केसी निर्वाचित भए । प्रदेश सभाका ६ वटा क्षेत्रमध्ये १ क्षेत्रमा कांग्रेसका डिल्लीबहादुर चौधरीबाहेक अन्य सबै तत्कालीन नेकपाले जीत निकाल्यो ।

२०५६ सालको निर्वाचनमा ४ वटा क्षेत्रमध्ये सबैमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचन एमालेबाट हालका एमाले महासचिव शंकर पोखरेलले मात्र जीत निकालेका थिए । यी नतिजाले दाङमा कांग्रेस सबैभन्दा बलियो देखिँदै आएको थियो । त्यसको कारण थियो कांग्रेसका तत्कालीन प्रभावशाली नेता स्व. खुमबहादुर खड्का । 

गत निर्वाचनमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले महासचिव पोखरेलले प्रतिनिधिसभा निर्वाचन लड्ने आकांक्षा देखाए पनि उनी प्रदेशमा खुम्चिएर मुख्यमन्त्री बने । प्रतिनिधि सभाका २ सांसद नै नेकपा एकीकृत समाजवादीतिर लागेपछि एमालेले फेरि दाङमा झड्का व्यहोर्‍यो ।

देशका सबै प्रदेशका अस्थायी मुकाम नै स्थायी राजधानी भए पनि लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि देशैभर चर्चा भयो । प्रदेशको राजधानी आफू अनुकूल हुने गरी भालुवाङमा सारेपछि पोखरेललाई एमाले महासचिव बन्न पनि सहज बनेको बताइन्छ ।

प्रमुख ३ पार्टीकै प्रभावशाली नेताहरू रहेको दाङमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दिनगन्ती शुरू भएको छ । पार्टी विभाजनको क्षति व्यहोरेको एमाले, सत्तारूढ कांग्रेस र माओवादी नेताहरू पनि अहिले दाङमा चुनावी जोडघटाउमा लागेका छन् । त्यसमा पनि २ उपमहानगरपालिका तुलसीपुर र घोराहीको चुनावी चर्चा बढी छ । 

संगठन बलियो भएर पनि गत निर्वाचनमा २ वटै उपमहानगरपालिकामा पराजय व्यहोरेको कांग्रेसले यसपटक नतिजा उल्ट्याउने योजना बनाउँदैछ । तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका २ जना पुराना नेताहरूका नाम मेयर बन्ने चर्चामा बढी छन् ।

निवर्तमान जिल्ला सभापति कृतिबहादुर खड्का र पूर्व सभापति घनश्याम रेग्मीमध्ये १ जनालाई अगाडि सार्ने कांग्रेस कार्यकर्ताहरूले आकलन गरेका छन् । खड्का र रेग्मी दुवै संस्थापन पक्षका नेता हुन् ।

महाधिवेशन प्रतिनिधि विमल रिजाल र नगर सभापति सुरेश हमालले पनि मेयरमा आकांक्षा देखाएका छन् । आफूले पार्टीमा पुर्‍याएको योगदानको मूल्यांकन गर्नुपर्ने कृतिले बताए ।

‘म २०२९ सालमै प्रजातन्त्रको पक्षमा लड्दा २ वर्ष जेल बसेको हुँ । यसपटक पार्टीले टिकट दिए तुलसीपुरमा कांग्रेसको ‘गढ’सहित नमूना नगर बनाउनेछु,’ कृतिले लोकान्तरसँग भने, ‘पाटीमा टिकट दिने भनेर धेरै वर्ष अगाडि सरकारी जागिर त्यागेर राजनीतिमा होमिए । अहिलेसम्म जनप्रतिनिधि बन्न पाएको छैन । यसपटक बन्ने इच्छा छ ।’

अर्का आकांक्षी रेग्मीले आपसी मेलमिलाप गरेर चुनाव लडे दाङका कुनै पनि क्षेत्रमा चुनाव जित्न कांग्रेसलाई समस्या नभएको बताए । ‘दाङमा कांग्रेस पराजित हुन्छ भने आफ्नै कारणले हुन्छ,’ रेग्मीले भने, ‘कांग्रेसले मलाई अगाडि सार्छ भन्ने विश्वास छ । मलाई टिकट दिए तुलसीपुरमा चुनाव जिताउँछु ।’

गत निर्वाचनमा एमालेबाट मेयर जितेका घनश्याम पाण्डेसँग पराजित भएका गेहेन्द्र गिरीले यसपटक मेयर उठ्ने इच्छा देखाएका छैनन् । एमालेबाट निर्वाचित पाण्डे २२ हजार ८५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९०३ मत ल्याएका थिए ।

एमालेका बहालवाला मेयर पाण्डेले दोहोरिने इच्छा देखाएका छैनन् । उनी केही आलोचित पनि बनेका नगरवासीहरू बताउँछन् । उपप्रमुख माया शर्माले पार्टीले अगाडि सारे नेतृत्व लिने तयारीमा रहेको बताइन् । तुलसीपुरमा एमाले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई अगाडि सार्ने तयारीमा रहेको बताइएको छ । त्यसको ‘सिग्नल’ महासचिव पोखरेलले दिएका जनाइएको छ ।

खड्कालाई महासचिव पोखरेलले मेयर बन्ने गरी तयारीमा लाग्न भनेको बताइन्छ । तत्कालीन एमाले नेता माधवकुमार नेपालको पक्षमा रहेका खड्का एमाले विभाजनको बेला अन्तिम समयमा एमालेमै बसेका थिए ।
 
खड्काले लोकान्तरसँग भने, ‘महासचिव कमरेड र घनश्याम कमरेडले तुलसीपुर हाँक्ने गरी लाग्नुस् भन्नुभएको छ । मलाई बीचमा राखेर मेयर घनश्याम पाण्डेले म अब संघतिर जान्छु, तुलसीपुरमा टीका कमरेडलाई अगाडि सार्नुपर्छ भन्नुभएको थियो । त्योभन्दा महासचिव मुसुक्क हाँस्नुभयो ।’

खड्का एकीकृत समाजवादीमा गए पार्टीमा ठूलो क्षति हुने देखेर पोखरेलले उनलाई टिकट दिने वाचा गरिसकेको जिल्लाका नेताहरू नै बताउँछन् ।

सत्तारूढ दल नेकपा माओवादी केन्द्र दाङमा चुनावी गठबन्धन गरेर जाने पक्षमा देखिएको छ । कांग्रेस र एमालेभन्दा धेरै कमजोर देखिएको माओवादीले २ उपमहानगरमध्ये १/१ वटा कांग्रेस र माओवादीले तथा लमही नेकपा एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन बनाउनुपर्ने माग गरेको छ । तुलसीपुरमा यसअघि मेयरमा पराजित माओवादी नेता शेषुराम भण्डारी आकांक्षी छन् । 

देशकै ठूलो उपमहानगरपालिका घोराहीमा हालका बहालवाला मेयर नरूलाल चौधरीलाई एमालेले अगाडि सार्ने देखिएको छ । चौधरीलाई अगाडि सार्न महासचिव पोखरेल नै लागेका छन् । चौधरी अगाडि सरे गठबन्धन भए पनि आफूहरूले जीत हासिल गर्न सकिने एमालेको ठहर छ । चौधरी पार्टीको आधिकारिक निर्णयको प्रतीक्षामा छन् । उनले केही राम्रा कामहरू पनि गरेका पनि छन् ।

गत निर्वाचनमा चौधरी २२ हजार ३० मतका साथ विजयी भएका थिए । १९ वडा रहेको घोराहीमा १० वडा एमाले, ६ वडा कांग्रेस र ३ वडा माओवादी केन्द्रले जितेको थियो । चौधरीले दोहोरिने इच्छा देखाएपछि अन्य नेताहरू अगाडि सर्न खोजेका छैनन् । उपमेयर सीता न्यौपानेले पार्टीले अगाडि सारे मेयर भएर नगरलाई सजिलै हाँक्न सक्ने बताउँछिन् । 

एमालेका जिल्ला नेताहरू शिवकुमार आचार्य, राममणि पाण्डे र भरत आचार्यले पनि मेयरमा आकांक्षा व्यक्त गरेका छन् । २ प्रतिनिधिसभा सांसद नेकपा एसतिर गए पनि कार्यकर्तामा पार्टी विभाजनको खासै असर नपरेको एमाले जिल्ला नेताहरू बताउँछन् । 

कांग्रेसले यसअघि मेयरमा लडेका भूपबहादुर डाँगीलाई अगाडि सार्ने सम्भावना देखिएको छ । त्यो कुरा डाँगीले पनि स्वीकारेका छन् । ‘मेरो नेतृत्वमा सत्तारुढ गठबन्धन गरेर अगाडि बढे घोराही सजिलै जित्न सकिन्छ । त्यो विषयमा छलफल जारी छ,’ डाँगीले लोकान्तरसँग भने ।

संस्थापन समूहका नेता डाँगी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । गत निर्वाचनमा डाँगीले १७ हजार ४८४ मत ल्याएका थिए । डाँगीसँगै कांग्रेसका किशोरचन्द्र गौतम र प्रकाश श्रेष्ठको पनि चर्चा छ ।

माओवादीबाटै जीवन गौतमले मेयरमा लविङ अगाडि बढाएका छन् । गौतम माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठका विश्वासपात्र हुन् । गौतम यसअघि पनि मेयरका उम्मेदवार थिए । यसअघि १२ हजार ८२ मत ल्याएका थिए, जुन सन्तोषजनक मत हो ।

गौतमसँगै माओवादीबाट हेमराज शर्माको पनि चर्चा छ । सत्तारुढ गठबन्धनका दलहरू दाङमा एमालेबाट स्थानीय सरकार खोस्ने मनोबलका साथ लागेका छन् भने विगतको विरासत जोगाउनेमा एमालेको ध्यान छ । 

दाङकै लमही नगरपालिकामा कांग्रेसबाट मेयरको रूपमा कर्णबहादुर बुढाथोकी, मोहन गिरी, बासुदेव जंगली, शिवप्रसाद चौधरीको चर्चा छ । यद्यपि सत्तारुढ गठबन्धन भए घोराही र तुलसीपुर माओवादी र कांग्रेसमध्ये एउटालाई र लमही नेकपा एकीकृत समाजवादीलाई दिन सकिने गरी गठबन्धनले आन्तरिक छलफल अगाडि बढेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x