×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख घटनाक्रम

चैत १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ परराष्ट्र मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि शुक्रवार काठमाडौं आइपुगेका छन् । दक्षिण एसियाका ४ मुलुकको भ्रमणमा रहेका वाङ भारतको नयाँ दिल्ली हुँदै भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि चीनका तर्फबाट भएको उच्चस्तरीय भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अत्यन्तै निकट मानिने यी चीनका स्टेट काउन्सिलर समेत हुन् ।
नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा समकक्षी नारायण खड्कासँग भेट्ने तय भएको छ ।
०००००
नेपाल प्रहरीमा तल्लो तहका प्रहरीको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न नयाँ सिर्जना गरिएका पदमा बढुवा प्रक्रिया सुरु भएको छ । नेपाल प्रहरी स्थापना भएदेखि नै तल्लो तहमा लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न तीन पद सिर्जना गरिएको थियो । प्रहरी नियमावली, २०७१ लाई नवौँ संशोधन गरी जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरिएको छ । 
गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४१९ प्रहरीको बढुवा हुनेछ । उहाँका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकमा एक हजार ४१८, प्रहरी वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र प्रहरी सहायक हबल्दारमा १५ हजार २५३ जना बढुवा हुनेछन् ।  यीमध्ये पहिलो चरणमा प्रहरी वरिष्ठ नायब निरीक्षकमा १९१, प्रहरी वरिष्ठ हबल्दारमा एक हजार १७३ तथा प्रहरी सहायक हबल्दारमा एक हजार ७५२ जना बढुवा सिफारिस भएका छन् ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्ने भएका छन् । 
प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, मुख्यसचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी  हुने  परराष्ट्र मन्त्रालयले जनाएको छ ।
००००
अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तरगत शुक्रबार नेपाललाई थप खोप उपलब्ध गराएको छ । अमेरिकाले नेपाललाई थप ७ लाख ६६ हजार ३५० डोज  कोभिड१९ विरुद्धको फाइजर खोप हस्तान्तरण गरेको हो ।
००००
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गरेका छन् । एमाले तनहुँ जिल्ला कमिटीले आज बेलचौतारामा आयोजना गरेको घोषणासभामा उनले स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकीर गरे ।
००००
सानेपामा शुक्रवारबाट शुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठक आइतवार बस्ने गरेर स्थगित भएको छ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन कांग्रेसको बैठक बसेको हो । अब आइतवार दिउँसो १ बजे बैठक बस्नेछ । शुक्रवारको बैठकमा २० केन्द्रीय प्रतिनिधि, सुदूरपश्चिमबाहेक ६ प्रदेशका सभापति, गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतले धारणा राखेका थिए । बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रदेशका सभापतिले पार्टी अवस्थाबारे रिपोर्टिङ गरेको बताए ।
सो क्रममा कहीँ तालमेल गर्नुपर्ने र कतै एक्लै लड्नुपर्ने धारणा आएको उनको भनाइ छ ।
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता वा हिन्दुराष्ट्र भन्नेबारे जनमत संग्रह गर्न आह्वान गरेका छन् । शुक्रवार राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको घोषणासभा मार्फत सबै राजनीतिक दलहरुलाई उनले यस्तो आह्वान गरेका हुन् ।
००००
बालिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन् । 
तनहुँ अदालतले बिहीवार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । 
पलका वकिलहरूले आइतवार उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी गरेका छन् । पललाई धरौटीमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरू उच्च अदालत जाने तयारी गरिरहेका हुन् । 
पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाइ छ ।
००००
नेपाल पपुवा न्युगिनीसँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनाएसँगै पराजित बनेको हो ।
००००
पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x