
विराटनगरमा आज देखी ‘मोरङ व्यापार सघ ट्रेड एक्स्पो’ संचालन हुँदै छ ।
एक्स्पोमा नेपालका पहाडी जिल्लाका कृषि उत्पादन , घरेलु, साना, मझौला तथा ठुला उद्योगहरूद्वारा उत्पादित वस्तुका अतिरिक्त मुलुकको महत्त्व झल्किने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादन, अटोमोबाइल्सको प्रदर्शनी एवं बिक्रीका लागि राखिने आयोजक मोरङ व्यापार सङ्घले जनाएको छ ।
एक्स्पो १८ गते देखि २६ गते सम्म संचालन हुने छ ।
एक्स्पोमा छिमेकी राष्ट्र भारत, बङ्गलादेश, पाकिस्तानका उत्पादित वस्तुहरू लत्ताकपडा, खाद्यान्न, मेशिनरी औजार लगायतका औद्योगिक उत्पादन एक्स्पोमा राखिने मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले बताए ।
एक्स्पोलाई थप आकर्षक बनाउन जिप लाइन, रिभर्स बन्जी, जिप साइक्लिङ लगायतका साहसिक खेलकुद र सेल्फी जोन पनि राखिएको आयोजकले जनाएको छ ।
एक्स्पोको पर्यटन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।